0
गोल्डेन न्यूज संवाददाता
मिस पोखराको आठौं संस्करण हुने भएको छ । पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा ‘जिओनी मिस पोखरा–२०१६’ हुन लागेको हो । सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजले यस वर्ष आठौं संस्करण गर्न लागेको आयोजक पोखरा जेसिजले मंगलबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखि पुनः शुरु गरिएको थियो । मिस पोखराको टाईटल विजेताले छनौट प्रक्रिया बिना नै स्वतः मिस नेपालमा प्रतिष्पर्धाका लागि स्थान सुरक्षित गर्नेछिन् । यहि असोज १५ गते घटस्थापनाको दिन प्रतियोगिताको ग्राण्ड फिनाले हुने कार्यक्रम संयोजक शिव सुवेदीले जानकारी दिए। प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा १३ जना सुन्दरी भिड्ने भएका छन् । ३७ जनाले फारम भरेपनि उत्कृष्ट १८ छनौट गरेर टे«निङ पश्चात अन्तिम प्रतिष्पर्धाका लागि १३ सुन्दरी छनौट गरिएको सुवेदीले बताए । अन्तिम प्रतिष्पर्धामा सदिक्षा पाण्डे, विमला गुरुङ, जिना गुरुङ, मनिला हिराचन, बन्दना गुरुङ, अञ्जना रामदाम, दिक्षा कोइराला, प्रश्मी थापा, श्रृतिका गुरुङ, सजनी वराल, सुमित्रा शर्मा, विना घर्ती मगर र उन्नति गुरुङ रहेको ईभेन्ट्स फर यु का अध्यक्ष विशाल गुरुङले जानकारी दिए । उनीहरु अहिले विभिन्न तालिममा सहभागी भईरहेको उनले जनाए । प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गर्नेछिन् । साथै विजेताले द हिंडन टे«जरको आयोजनामा हुने मिस नेपालमा सिधै प्रतिष्पर्धा गर्न पाउने पोखरा जेसिज–२०१६ का अध्यक्ष गोविन्द देवकोटाले जानकारी दिए ।
 
प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक÷एक वटा जियोनी मोवाइल प्राप्त गर्नेछन् । यसैगरी मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेष्ट स्माइल, मिस क्याटवाक, मिस बेष्ट डे«स, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल पनि रहेको र उनीहरुलाई नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न २३ लाख ७५ हजार खर्च लाग्ने अनुमान गरिएको क्लवका अध्यक्ष देवकोटाले बताए । प्रतियोगिताबाट करिब २७ लाख संकलन गरेर ३ लाख २५ हजार बचत गर्ने लक्ष्य लिइएको उनले जनाए । युवा नारीहरुको क्षमता अभिवृद्धि तथा प्रतिभा प्रस्फुटनको लागि विशेष अवसर प्रदान गर्ने हेतुले आयोजना हुँदै आएको मिस पोखराका प्रतिष्पर्धीहरुको आत्मविश्वास उजागर भई सामाजिक क्रियाकलापमा संलग्न रही सामाजिक रुपान्तरणका लागि अग्रसर हुने विश्वास लिईएको अध्यक्ष देवकोटाले बताए । यस संस्करणको मिस पोखराको प्रायोजन जिओनी मोबाईलले गरेको छ ।






Post a Comment

 
Top