0
गोल्डेन न्यूज संवाददाता
गुरु आनन्द फाउण्डेशन हिमालय नेपालले विभिन्न विद्यालय तथा संस्थालाई २० लाख रुपैयाँ नगद सहयोग गरेको छ । मंगलबार पोखराको रामबजारमा रहेको एसओ एस चिल्ड्रेन भिलेजमा आयोजित कार्यक्रममा फाउण्डेशनले कास्की र मुस्ताङमा रहेका विभिन्न विद्यालय तथा संघ सस्थालाई सहयोग स्वरुप २० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । फाउण्डेशनका प्रमुख गुरु यु पण्डिता आनन्दले कास्कीको उपल्लो मुस्ताङको छोसेरमा रहेको मञ्जुश्री गुम्बा स्कुललाई १० लाख, धम्पुस रोड प्रोजेक्टलाई ५ लाख र घान्दु्रकमा रहेको भक्र्यु खोला माइक्रो हाइड्रो प्रोजेक्टलाई ५ लाख गरी २० लाख नगद सहयोग गरेका हुन । सो समारोहमा रकम हस्तान्तरण गर्दै गुरु आनन्द फाउण्डेशन हिमालय नेपालका प्रमुख गुरु आनन्दले नेपालको हिमालय क्षेत्रले आफूलाई आनन्दित तुल्याएको वताउदै यहांको दरदराजमा रहेको विभिन्न बिद्यालय र संघ सस्थालाई सहयोग गर्न पाउँदा निकै खुसी लागेको बताए । नेपाली जनता हिमाल जस्तै खुल्ला मन हँसिलो मुहार र खुल्ला हृदय भएको भन्दै उनले आफू योगाको गुरु भएको र  आफ्ना अनुयायीहरुको सहयोगमा नेपालमा विगत १५ वर्षदेखि सहयोग जुटाउँदै आएको बताए । योगाले मानिसलाई फुर्तिलो बनाउने भन्दै गुरु आनन्दले मानिसले आफूलाई स्वस्थ राख्नका लागि योगा आवश्यक रहेको बताए । आफू ६० वर्षको उमेर हँुदा पनि योगाकै कारण युवा जस्तै स्वस्थ र स्फुर्ति रहेको बताउँदै उनले सबैले योगा गरी आफूलाई स्वस्थ राख्न आग्रह गरे । भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त घान्दु्रकको फुम्रो खुं उच्च माविलाई १ करोड १० लाख सहयोग गर्ने समेत गुरुले प्रतिवद्धता ब्यक्त गरे । सो अवसरमा बोल्दै गुरु आनन्द फाउण्डेशनको संयोजक समाजसेवी जगन बहादुर गुरुङले गुरु आनन्दले नेपालको दूरदराजमा रहेका विभिन्न विद्यालयहरुलाई कम्प्युटर शिक्षा प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले यस अघि विभिन्न विद्यालयहरुलाई कम्प्युटर हस्तान्तरण गरिसकेको बताए ।
 
विगत १५ वर्ष अगाडिदेखि हाल सम्म ४ करोड बढीको सहयोग गरिसकेको भन्दै उनले यो पटक उपल्लो मुस्ताङमा रहेको बुद्ध धर्मको स्कुल र धम्पुसको सडक र हाइड्रोमा गुरुले सहयोग गरेको बताए । आगामी दिनमा पनि यो अभियानलाई निरन्तरता दिने उनको भनाइ रहेको थियो । हालसम्म कास्की, गोर्खा, लम्जुङ, तनहु, स्याङजा, पर्वत, बाग्लुङका विभिन्न सय भन्दा बढी विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरिसकेको गुरुङले बताए ।   सो अवसरमा वोल्दै अर्का ग्रेट विज्डम योगा एण्ड मेडिटेशन एशोसिएशन हिमालयका सचिव समाजसेवी राजेन्द्र लिगलले गुरुले विगत लामो समयदेखि नेपालीहरुको मन जित्न सफल भएको भन्दै आफूहरुको सहयोगमा नेपालका विशेषगरी पश्चिमक्षेत्रमा रहेका सरकारी विद्यालयहरुमा कम्प्युटर शिक्षा प्रदान गर्न सफल भएको बताए ।  त्यस्तै एसओएस चिल्ड्रेन भिलेजका निर्देशक भगत कुमार श्रेष्ठले फाण्डेशनले आफूहरुको संस्थामा पनि सहयोग गरेको भन्दै आगामी दिनमा दूरदराजमा रहेका विद्यालय तथा संघ–संस्थाहरुको सहयोगलाई निरन्तरता दिनेमा आफू ढुक्क रहेको बताए । सो अवसरमा विभिन्न ब्यक्ति तथा संघ–संस्थाले आफूहरुलाई पनि सहयोग गर्नका लागि आग्रह गरेका थिए भने विभिन्न संघ–संस्था तथा ब्यक्तिहरुले स्वागत गरेका थिए । पोखरामा रहेका विभिन्न तेक्वान्दो संघ–संस्थाहरुले तेक्वान्दो समेत प्रस्तुत गरेका थिए ।




Post a Comment

 
Top