0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउनको १३औं पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बि १ नेपालका डिष्ट्रिक गभर्नर बालकृष्ण बुर्लाकोटीले लायन वर्ष २०१६÷१७ का अध्यक्ष, पदाधिकारी तथा सदस्यलाई पदस्थापन गराएका हुन् । पदस्थापन पछि लायन वर्ष २०१५÷१६ का अध्यक्ष फणिन्द्र शर्माले लायन वर्ष २०१६÷१७का अध्यक्ष ऋषिराम शर्मालाई पद हस्तान्तरण गरे । पदस्थापन कार्यक्रमका अवसरमा सेन्ट्रल टाउनले २ वटा नयाँ क्लब स्पोन्सर गरेको छ । नयाँ खुलेका क्लबहरु लायन्स क्बल अफ पोखरा तिरगादी टाउन र लायन्स क्बल अफ पोखरा स्काइटाउनको परिचय रिजन चेयर पर्सन चण्डीप्रसाद अर्यालले गराएका थिए । क्लबले पुष्पज्योती ढुंगाना र चिनकाजी गुरुङलाई नयाँ सदस्यता प्रदान गरेको छ । कार्यक्रममा पूर्व मल्टिपल काउन्सिल चेयरपर्सन प्रेमबहादुर श्रेष्ठ, निबर्तमान डिष्ट्रिक्ट गर्भनर धु्रवबहादुर थापा, पूर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधान, चिफ डिष्ट्रिक्ट एडभाइजर इन्दु लम्साल, डिष्ट्रिक्ट एडभाइजर दामु अधिकारी, लायन्स क्लब अफ पोखरा ग्रिन टाउनका अध्यक्ष मैना अर्याल लगायतले बोलेका थिए । क्लबले एउटा एमजेएफ, ३ वटा एनएलएफ, ३ वटा पिएनएलएफ, ३ वटा मेगा, एउटा प्लाटिनम योगदान गरेको छ । पदस्थापन कार्यक्रममा बोल्दै पदस्थापित अध्यक्ष ऋषिराम शर्माले सामाजिक भावनाका साथ विभिन्न रचनात्मक कामहरु गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Post a Comment

 
Top