0
गोल्डेन न्यूज संवाददाता
सेभेन हार्ट इन्टरटेन्मेन्टको आयोजनामा पोखरामा सम्पन्न मिस भ्याली स्टार सिजन दुईको उपाधि गैह्रापाटनकी कक्षा १२ मा अध्ययनरत १७ बर्षीय अश्मिता श्रेष्ठले हात पार्न सफल भईन् । उनले उपाधीको ताज सहित ३० हजार रुपैयाँ नगद र अन्य उपहारहरु प्राप्त गरिन् । ताज संगै अश्मिताले वेष्ट पर्फमेन्स र वेस्ट पर्सनालिटी अवार्ड पनि आफ्नो पोल्टामा पारिन्। निर्णायकको अन्तिम प्रश्नको सर्वोकृष्ट जवाफ दिँदै अश्मिताले उपाधी जित्न सफल भएकी हुन् । त्यस्तै प्रतियोगितामा रिया थापामगरले फस्ट रनरअप संगै मोस्ट ट्यालेन्ट अवार्ड र सुमिक्षा गुरुङले सेकेन्ड रनरअपको उपाधी संगै मोस्ट पपुलर र मोस्ट फ्रेन्डली अवार्ड चुम्न सफल भए । फस्ट रनरअप रियाले ताजसंगै २० हजार रुपैया नगद र सेकेण्ड रनरअप सुमिक्षाले १० हजार नगद संगै ट्रफी, अवार्ड र अन्य पुरस्कार प्राप्त गरे । उपाधि प्राप्त गर्नका लागि प्रतियोगिहरुलाई परिचय, लेखन र वक्तृत्वकला समेत प्रस्तुत गर्न लगाईएको थियो । प्रतिस्पर्धीको मूल्याङकनका लागि लिटिल स्टेप उच्च मा.बि.का प्रिन्सिपल एवं शिक्षाविद् पम्फा गुरुङ, सञ्चारकर्मी, सौन्दर्यकर्मी एवं मिसेस तीज २०६८ की बिजेता रोजी श्रेष्ठ र इभेन्ट म्यानेजर तथा मोडल बिशाल गुरुङलले निर्णायकको भूमिका निर्वाह गरेका थिए । त्यस्तै, सबटाइटल बिजेतातर्फ भ्यूअर्स च्वाइस र मोस्ट डिसिप्लिनमा रिता पुनमगर, आयोजक छनौटमा पुनम गुरुङ, वेष्ट फोटो जेनिक र ब्यूटिफुलमा ज्योति राई, वेस्ट वाकमा कुसुम सुनार र हेल्डी हेयरमा तिर्सना सिंजालीमगरले अवार्ड प्राप्त गरेको कार्यक्रम संयोजक कञ्चन पाण्डेले जानकारी गराए । मिस भ्याली स्टार सिजन दुई फाइनल कार्यक्रमको उद्घाटन गर्दै पूर्व स्वास्थ्य मन्त्री तथा कार्यक्रमको प्रमुख अतिथि खगराज अधिकारीले यस्ता प्रतियोगिताले युवाहरुको आत्मबल बृद्धी भई नेत्तृत्व गर्न सक्ने खुबीको विकास हुने बताए ।  कार्यक्रममा महिला उद्यमी, सञ्चारकर्मी एवं बरिष्ठ सौन्दर्यकर्मी मीना गुरुङ सम्मानित भएकी थिईन् । लामो समयदेखि हजारौ महिलाहरुलाई ब्युटीसियन सम्बन्धी तालिम दिदै महिला सशक्तिकरणमा सहयोग पु¥याउनुको साथै बिभिन्न सामाजिक संस्था मार्फत समाज सेवाको कार्यमा अग्रसर रहेकाले सम्मान गरिएको आयोजक संस्थाका प्रबन्ध निर्देशक लक्ष्मण छन्तेलले जानकारी दिए । गुरुङ हङकङ ब्युटी इन्स्टिच्युट प्रा.लि.को सञ्चालक, जिफन्ट गण्डकी–धौलागिरीको अध्यक्ष, तमु सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्ष लगायतका दर्जनांै संघ–संस्थामा आवद्ध छन् । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरज थापा र इनिशा दुरामगरले गरेका थिए । कार्यक्रममा बिभिन्न सांगीतिक प्रस्तुतिले रोचक बनाएको थियो । प्रतियोगिताको कोरियोग्राफी मोडल सेनाज गुरुङले गरेकी थिईन् ।





Post a Comment

 
Top