0
पोखरा उद्योग वाणिज्य संघको भदौ ३१ र असोज १ गते हुने ३१ औ महाधिवेशनबाट अध्यक्ष पदका लागि ६ जना प्रतिस्पर्धी चुनावी मैदामा उत्रिएका छन्। सबैले आ–आप्mनै एजेण्डासँगै चुनावी प्रचारमा लागेका छन्। थुप्रै संघ–संस्थाको नेतृत्वदायी भूमिका निभाइसकेका र विभिन्न व्यावसायिक संस्थाका अध्यक्ष भइसकेका विश्वशंकर पालिखे पनि चुनावी मैदानमा छन्। उनीसँग गरिएकोे कुराकानी ः

सुनाउनेहरुले तपाईंलाई अलि बढी महत्वाकांक्षी छ भन्छन् यो कति सत्य हो ?
‘सपना नै विपनाको खाका हो ।’ यो मेरो २०६१ सालको पोखरा उद्योग वाणिाज्य संघको निर्वाचनमा घोषित नारा हो । सो समयमा मैले पोखरा क्षेत्रीय विमानस्थलको मुद्धालाई केन्द्रमा राखेर आफ्नो उम्मेदवारी प्रस्तुत गरेको थिएँ । मित्र राष्ट्र चीनका ग्वाङ्जाओ, कुन्मिन, र लिञ्जीसँग पोखरा उपमहानगरपालिकाको भगिनी सम्बन्ध कायम गर्दै विभिन्न सहयोग तथा योजनाहरुलाई कार्यान्वयन गर्न सक्नु जस्तै दुई वटा दमकल ल्याउनु, भूकम्पबाट प्रभावितका लागि सहयोग ल्याउनु, पोखरा उपमहानगरपालिकालाई आइटीसम्बन्धी सहयोग ल्याउनु भोलीको सोलार सिटीको रुपमा तिब्बत सरकारबाट पोखरालाई सोलार सिटी बनाउन सोलार सडकबत्ती ल्याउनु लगायतका योजनालाई महात्वाकांक्षी भनिन्छ भने हो म महात्वाकांक्षी छु । समग्र पोखरा र पोखरेली उद्योगी व्यवसायीहरुको विकास र उत्थान को लागि सपना देख्नु मेरो महत्वाकांक्षा हो ।
पोखरा उद्योग वाणिज्य संघको नेत्तृत्व लिने होडबाजीमा लाग्नु त्यही महत्वाकांक्षाको एउटा रुप हो ?
२०६१ सालमा म पोखरा उद्योग को प्रत्यासी भई दोस्रो नम्बरमा आइसकेपछि सामान्यतय निर्वाचनमा पराजित भइसकेपछि पलायन हुने परिपाटीलाई चुनौती दिँदै मैले मेरा उद्योगी व्यवसायीहरुको मतलाई शिरोधार्य गर्दै पुनः कार्यकारी सदस्यको रुपमा ६ वर्षदेखी कार्यरत छु । साथै कार्यकारी सदस्य भएको अवस्थामा पनि पोखरा क्षेत्रीय अन्तराष्टिूय विमानस्थल, समग्र ४ नम्बर प्रदेशको प्रस्थान बिन्दु हुनसक्छ भनी यसको सुनिश्चिताको लागि निरन्तर लागि परेको छु । साथै समग्र पोखरेलीलाई के अवगत छ भने मेरा भूमिका पोखरा क्षेत्रीय विमानस्थलका लागि अवगत नै छ । यसको सुनिश्तिताको लागि अझै निरन्तर लागि रहनुपर्ने हुनाले तथा आफ्ना विभिन्न योजनाहरु तथा व्यवसायिक हक हित र उत्थानको लागि मेरो राष्टिूय अन्ताराष्टिूय सम्बन्धबाट थप टेवा पुग्छ भन्ने र पोखरा समग्र ४ नम्बर प्रदेशको राजधानीको रुपमा अगाडी बड्ने अवसर पाएको अवस्थामा ४ नम्बर प्रदेशको उद्यम व्यवसायहरुको उत्थान र विकासको लागि पोखरा उद्याृग वाणिज्य संघले अग्रणी भूमिका निर्वाह गर्नुै  समयको माग हो । सो निर्दृष्ट उदेश्य प्राप्तिको लागि सबल सक्षम सहयोगी नेत्तृत्वको खाँचो रहने तथा यसमा म आफूलाई आफ्ना निकटका आफन्त, सहयोगी उद्योग व्यवसायीहरुको सुझाव सल्लाह र साथले म यसमा अगाडि बढेको हुँ ।
पोखरा उद्योग वाणिज्य संघको नेत्तृत्व तपाईले नै लिनुपर्ने के कारण छ ?
विगतमा पारिवारिक पृष्ठभूमिसँगै पोखरा उद्योग वाणिज्य संघसँग मेरो परिवारको निकटतम सम्बन्ध थियो । जसका कारण मैले बाल्यकालदेखि नै संघसँग नजिकबाट नियाल्ने अवसर पाएँ ।  संघले पोखराको विकास र उत्थानका लागि अग्रजहरुले गरेको योगदानलाई मनन गर्दै पोखराको विकासमा वाणिज्य सघको अहम भूमिका रहने हुनाले म आफू पनि विकासप्रेमी भएकाले यसमा नेतृत्वदायी भूमिका जानुपर्ने भएकाले अगाडि बढेको छु ।
त्यस्ता के दरिला एजेन्डा छन् जसका कारण मतदाताले तपाईंलाई नै जिताउँछन् ?
विश्वास, परिपक्वता, दृढ संकल्प जुझारुपन विकासप्रेमीका रुपमा मैले आफ्नो छवि पोखरामा स्थापित गर्न म आफै सफल भएको छु जस्तो लाग्छ । यहाँहरुले मलाई चिन्नु पनि भएको छ, बुझ्नु पनि भएको छ । यिनै विश्वासका कारणले म आफूलाई यिनै कारणले मलाई मतदाताले बिजय बनाउँछन् । मेरो मुख्य एजेन्डा भनेकै पोखरा क्षेत्रीय विमानस्थलको सुनिश्चितता, सोलार सिटीको बनाउनु लगायतका छन् ।
मतदाता रिझाउन कस्तो किसिमको प्रचार शैली अपनाउनु भएको छ ?
विगतका निर्वाचनहरुमा मैले मेरा मतदाताहरुको माझमा जाने सुअवसर गुमाननुप¥यो । किनकि मत माग्ने बेलामा हामी पोखरा क्षेत्रीय विमानस्थलको आन्दोलनमा थियौं । मेरो लागि त्यो आन्दोलन सफल बनाउनु कर्तव्य थियो । त्यतिबेला म मतदाताकहाँ पुग्न सकिन । मेरा मित्रहरुले विश्वास गरि अधिकतम मत दिई विजयी पनि गराउनुभयो । तर, यसपालि नेत्तृत्वकै भूमिकामा रहेकाले मैले अधिकतम व्यवसायीको घरदैलोमा पुग्ने, उहाँहरुसँग साक्षात्कार गर्ने, समस्या सुन्ने, र आफ्नाबारेमा केही कुरा राख्ने गरी म अगाडि बढेको छु । विभिन्न समूहका मित्रहरुलाई मेरा अतितका काम कर्म, वर्तमान अवस्था र भावी योजनालाई बुझाउँदै हिडेको छु । र मित्रहरुको सुझाव र सल्लाहलाई आफ्नो मुद्दामा कसरी समाहित गर्न सकिन्छ भनी म योजनारत छु ।
नेतृत्व लिने क्षमता छ, तर अलि कठोर छ भन्छन् यसलाई तपाईं कसरी लिनुहुन्छ ?
दृढ संकल्पसहित निश्पक्ष भएर अघि बढ्दा आफ्नो जुझारुपन प्रस्तुत गर्नैपर्छ । आफ्ना प्रस्तुतिहरुलाई निर्णायार्थ लान दृढताका साथ अघि बढ्दैपर्छ । यस्ता कर्महरुले हाम्रो उद्देश्य प्राप्तिका लागि सही मार्ग देखाउँछ भन्ने मेरो अठोट छ । कहिलेकाँही यस्ता किसिमका अठोटहरु देखाउँदा आरोप लाग्नु स्वभाविकै हो । तर, मलाई निकटबाट बुझ्ने र चिन्नेहरुलाई थाहा छ मेरा भावना, मेरा स्वभाव र मेरा विचार के हुन् भनेर ।







Post a Comment

 
Top