0
गोल्डेन न्यूज संवाददाता
पूर्वगृहमन्त्री माधव घिमिरे सवार कार त्रिशुली नदीमा खसेको छ। नेपाल सरकारका पूर्व मुख्यसचिव समेत रहेका घिमिरे सवार कारमा सात जना रहेको चितवन प्रहरीले जनाएको छ । चितवनको दारेचोक स्थित घोप्टेभिरबाट त्रिशुलीमा खसेको कारमा सवार सात मध्ये तिन जनाको शव भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ । कारमा पूर्व गृहमन्त्री माधव घिमीरे सहित उनका दुई भाईहरू प्रकाशचन्द्र घिमिरे र मोहन घिमिरे सवार थिए । दुर्घटनामा परी प्रहरी असई आरसी कार्की, पूर्व गृहमन्त्री घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे तथा आफन्त नारायणप्रसाद काफ्लेको मृत्यु भएको विपत ब्यवस्थापन तालिम केन्द्र कुरिनटारका प्रवक्ता गणेशबहादुर थापाले जानकारी दिएका छन् । त्यस्तै चालक  विष्णु राई घाइते भएका छन् । उनलाई उपचारका लागि भरतपुर लगिएको बताइएको छ । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्वरको कार आइतबार साँझ सडकबाट तल त्रिशुली नदीमा खसेको हो । यता, प्रधानमन्त्री प्रचण्डले पनि घिमिरे सवार कार दुर्घटना भएको पुष्टि गर्दै आफू समाचारले स्तब्ध भएको बताएका छन् । शीघ्र खोजीका लागि प्रशासनलाई उनले निर्देशन समेत दिएका छन्।
चालकको बयान ः
पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे आफ्नी ८० वर्षीया आमा चैत्यकुमारीलाई मुक्तिनाथ धामको तीर्थाटन गराएर आइतबार काठमाडौं फर्किँदै थिए। हिन्दू धर्माबलम्बीहरुका प्रमुख चारधाम मध्ये मुस्ताङको मुक्तिनाथ एक हो । स्कारपियो जीपमा आमा र आफन्त लिएर गएका घिमिरेसँग गाडी चालक पनि थिए ।
त्रिशुलीमा खसेको जीपबाट उछिट्टिर बाँच्न सफल भएका घिमिरेका चालक बिष्णु राईले नै प्रहरीलाई सबैभन्दा पहिले दुर्घटनाको खबर गरेका थिए । उनले भने–‘ दमौलीदेखि गाडी उहाँले चलाउनुभएको थियो ।’ दमौलीमा केहीबेर रोकिएपछि घिमिरेले चालक राईलाई भनेका थिए–तिमी थाकेका छौ, केबलकारसम्म म चलाउँछु, अनि तिमी चलाउनू । तर, केबलकार अर्थात कुरिनटार नपुग्दै गाडी त्रिशुलीमा खस्यो ।  घिमिरेको भनाइ सम्झिँदै चालक राईले भने–केबलकार चढ्ने ठाउँ आउन एक÷दुई किलोमिटर छ भने जस्तो लाग्छ, त्यसपछि गाडी कसरी उछिटिएर गयो केही पनि थाहा पाइँन ।



Post a Comment

 
Top