0
गोल्डेन न्यूज संवाददाता
साइकल सिटी पोखराको आयोजनामा हुने दोस्रो संस्करणको टुर दि पोखरा–२०१६ असोज दोस्रो साता हुने भएको छ । पोखराको फेवाताल किनार बाराहीघाटबाट सुरु भई लेखनाथको बेगनासतालमा पुगेर सम्पन्न हुनेछ । असोजको ८ गते हुने टुर दि पोखरालाई जयन्ती मेमोरियल ट्रष्टले सहयोग रहेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिइयने । बाराहीघाटबाट सुरु भएको साईकल ¥याली हल्लनचोक, जरेवर, सृजनाचोक, सिमलचौर, बगालेटोल, गणेशटोल, नालामुख, भिमसेनटोल, भैरवटोल, मोहरियाटोल, विन्ध्यवासिनी, बागबजार, बगर ट्क्यासीचोक, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, पृथ्वीचोक अम्मरसिहचोक, विजयपुर तालचोक, भण्डारढिक, पोखरा विश्वविद्यालय, शिशुवाचोक हुँदै बेगनास पुग्नेछ ।‘साइकल चढौं–स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ आयोजित कार्यक्रम पोखरादेखि करिब २८ किलोमिटर दुरी तय गरिएको टुर दि पोखरा–२०१६ का संयोजक निरज थापाले जानकारी दिए। उनले कार्यक्रम सम्पन्न गर्न करिब ११ लाख ५० हजार खर्च लाग्ने थापाले बताए । उनले भाद्र ३० गतेसम्म दर्ता गर्नेलाई ६५० र त्यस पछि ७ सय ५० रुपैयाँ सहभागिता शुल्क लिने बताए। समितिका प्रमुख सल्लाहकार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले पहिलो स्थानीय रुपमा र त्यसपछि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरीय बनाउने बताए । उनले प्रत्येक वर्ष साइकलको दुरी समेत बढाउने भन्दै साइकलको अफरोड साइकल ल्याण्ड बनाउन प्रयास गर्ने बताए । जिरोकिमिदेखि कोत्रेसम्म बन्न सडकमा साइकल ल्याण्ड पनि बनाउन सरकार सँग माग गरे । अघिल्लो वर्ष ४ सय ८० ले सहभागिता जनाएको र यस वर्ष करिब १ हजार जनाको सहभागिता जनाउने साइकल सिटीका अध्यक्ष प्रकाश ब्रर्जाचायले जानकारी दिए । उनले पोखरा भन्दा बाहिरबाट पनि सहभागिता जनाउने बताए ।
उक्त अवसरमा पोखरामा सबैभन्दा पहिला साइकल भित्र्याउने व्यक्तिलाई सम्मान समेत गरिने अध्यक्ष बज्राचार्यले बताए ।






Post a Comment

 
Top