0
वेकनको छोटो परिचय ?
बेकन प्रिमियर इन्टरनेशनल एजुकेशन प्रा.लि. सिद्धार्थचोक, पोखरामा अवस्थित छ । यो नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृत प्राप्त आधिकारीक संस्था हो । वैदेशिक उच्च शिक्षाका लागि चाहिने परामर्श, आवश्यक गाइडेन्स तथा तैयारी गराउनु यसका मुख्य सेवाहरु हुन् ।
बेकनले हाल प्रदान गर्दै आएका सेवाहरु के–के छन्?
बेकनले अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिका जान चाहने विद्यार्थीहरुका लागि आवश्यक शैक्षिक परामर्श, भर्ना प्रक्रियामा सहजीकरण, भिषा प्रक्रियामा गाइडेन्स तथा तैयारी र आइ.इ.एल.टी.एस. को तैयारी कक्षाहरु सञ्चालन गर्दै आएको छ । यसका लागि विद्यार्थीहरुले बेकनमा नेपाल सरकार शिक्षा मन्त्रालय तथा अन्तर्राष्ट्रियरुपमै सर्टिफाइड परामर्शदाताबाट सेवा प्राप्त गरीरहेका छन्, जुन विद्यार्थी, अभिभावकहरुका लागि निकै महत्वपूर्ण पक्ष हो ।
नेपाली विद्यार्थीहरु किन विदेश नै जान्छन् ?
वैदेशिक उच्च शिक्षा अहिले विद्यार्थीहरुको चाहनामात्र नभएर करियर एड्भान्समेन्टको लागि निकै महत्वपूर्ण भइसकेको छ । पढाई सँग–सँगै विदेशी भाषा, संस्कार, भेषभूषा, चाल–चलन सिक्न अनि त्यसलाइ नजिकबाट नियाल्न उनीहरुका लागि राम्रो अवसर हो । विदेशी मुलुकले विभिन्न क्षेत्रमा विकासका लागि अपनाएकोे आधुनिक प्रणाली, टेक्नोलोजीको प्रयोग र आपm्नो सोच, ज्ञान र सिप आधुनिक विश्व बजारको मागअनुरुप फराकिलो पार्न नेपालीहरु मात्र नभइ विभिन्न विकसित देशका विद्यार्थीहरु पनि अन्य मुलुकहरु जाने गर्दछन् । त्यसको अलावा आर्थिक संवृद्धिको खोजीमा पनि नेपाली विद्यार्थीहरुले विभिन्न देशहरुलाई वैदेशिक अध्ययन गन्तव्य बनाउने गर्दछन् ।
अष्टे«लियाप्रतिको क्रेज अहिले बढेको भनिन्छ नि ?
हो, अष्ट्रेलिया जान चाहने विद्यार्थीको संख्या दिनप्रति दिन बढ्दो छ भन्ने कुरा अहिलेको बढ्दो मागले पनि देखाउछ । किनकी अष्ट्रेलिया एक आर्थिक एवं विकासको हिसावले संवृद्ध देश हो । त्यस देशको शिक्षा अन्तर्राष्ट्रियकरण भइसकेको छ जसको त्यही किसिमको अन्तर्राष्ट्रिय मान्यता पनि छ । यसको साथ साथै विद्यार्थीहरुका लागि अगाडि बढ्न र आर्थिक संवृद्धिका प्रशस्त आधारहरु पनि अष्ट्रेलियामा छन् । सामजिक सुरक्षा, राजनीतिक स्थिरताको विकास, शिक्षा प्रणाली व्यवस्थित रुपमा अगाडि बढ्नु र सक्षम विद्यार्थीहरुको लागि पढिसकेपछिका विभिन्न अवसरहरुले अष्ट्रेलियालाई आकर्षक गन्तव्यको रुपमा विकास गर्दै लगेको छ ।
अष्ट्रेलियाको भिषा प्रक्रियामा अहिले आएको सहजता के हो ?
अष्ट्रेलियाले पहिले भइराखेको एस.भि.पी. पोलिसीलाई विस्तापित गर्दै नयाँ सरलीकृत ‘सिम्प्लिफाइड स्टुडेन्ट भिषा फ्रेमवर्क’ पोलिसीगत ०१ जुलाइ, २०१६ बाट लागू गरेको छ । यस नियमअन्तर्गत अष्ट्रेलियका सम्पूर्ण अन्तर्राष्ट्रिय विद्यार्थी ल्याउन अनुमति प्राप्त कलेज तथा विश्वविद्यालयले समान प्रक्रियामा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न पाउने छन् । यस नियममा नेपाली विद्यार्थीहरुले अन्य विकसित देशको सरह एउटै भिषा सबै क्लास ५०० अन्तर्गत भिषा अप्लाइ गर्दछन् । इमिग्रेसन रिक्स रेटिङ्ग अब देशको समग्र भिषा प्राप्त रेसियो र सम्वन्धित कलेज वा विश्वविद्यालयको भिषा रेटमा भर पर्दछ । अहिले नेपाल दोस्रो क्याटेगोरीमा छ । त्यसैले पहिलो र दास्रो क्याटेगोरीको कलेज वा विश्वविद्यालयमा भर्ना प्राप्त गरी भिषा अप्लाइ गर्दा कम प्रमाणहरु पेश गरे हुन्छ तथापि भिषा दिनका लागि भिषा अफिसरलाई प्रक्रिया र प्रमाणमा चित्त बुझ्नुपर्दछ । विद्यार्थीले उच्च शिक्षा प्राप्त गरी सकेपछि तह अनुसार २–३ बर्षको काम गर्ने भिषा प्राप्त गर्दछन् जसले विद्यार्थीहरुलाई अनुभव लिन र आर्थिक सक्षमता दिन सहयोग गर्दछ । यस प्रक्रियाअनुसार सम्पूर्ण भिषा आवेदनहरु अनलाइनमार्फत दिनुपर्ने हुन्छ ।
कस्ता विद्यार्थीहरु अष्ट्रेलिया जान सक्छन ?
अष्ट्रेलियाको भिषा पाउनका लागि फ्याक्टरहरु त धेरै हुन्छन् तर सामान्यतया शैक्षिक योग्यताको डकुमेन्ट राम्रो भएको, आफ्नो पढाइ स्तर अनुसारको अङ्गेजी भाषा तथा आर्थिकरुपमा पढ्न सक्ने क्षमता देखाउन सक्ने विद्यार्थीले राम्रोसँग कन्सल्टेन्टको गाइडेन्स अनुसार काम गरेमा भिषा पाउन सक्छ । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको संख्या धेरै छ । तर राम्रोसँग बुझ्दै नबुझी कदम चाल्नु हँुदैन् । त्यसैले विद्यार्थीहरुलाई आफ्नो इलिजीव्लीटी चेकका लागि एकेडेमिक डकुमेन्टको साथमा हामीलाई भेट्ने सल्लाह दिन्छु ।
नेपाली विद्यार्थीहरुले उच्च शिक्षाका लागि अष्ट्रेलियामा कुन तहमा कसरी भर्ना लिन सक्दछन् ?
+२ पास विद्यार्थीहरु आपm्नो डकुमेन्ट, आइ.इ.एल.टी.एस.को स्कोर, आपm्नो पढ्ने विषय तथा आर्थिक स्तर हेरेर डिप्लोमा, एड्भान्स डिप्लोमा र व्याचलर डिग्री भर्ना लिन सक्दछन् । डिप्लोमा र एड्भान्स डिप्लोमालाइ व्याचलर डिग्रीसँग प्याकेज गरेर भर्ना लिन पनि मिल्ने व्यवस्था छ । जसले धरै विद्यार्थीहरुलाइ सहजता दिन्छ । त्यस्तै व्याचलर पास विद्यार्थीहरु भने मास्टर डिग्रीमा भर्ना गर्नुपर्दछ, जसमा विश्वविद्यालयको आपm्नो भर्ना नियमहरु हुन्छन् भने नेपालमा ३ वर्षे व्याचलर डिग्री पढेकाहरुका लागि भने सिधै मास्टरमा भर्ना गर्न नमिल्ने खालको नियम पहिलेनै बनेको हो । उनीहरुले क्रेडिटको आधारमा शुरुमा थप ६ महिनादेखि डेड बर्षसम्मको थप कोर्ष पढ्नुपर्ने हुन सक्छ, जुनकुरा विश्वविद्यालय र भर्ना गर्दा डकुमेन्टको गुणस्तरमा पनि भर पर्दछ । मास्टर पासहरुले पुनः मास्टर डिग्री वा रिसर्च प्रोग्राम अप्लाइ गर्न सक्दछन् । पूर्ण जानकारीका लागि एकपटक हामो काउन्सेलिङ्ग सेक्सनमा भिजिट गर्न आग्रह गर्दछु ।
अष्ट्रेलियामा अध्ययन सकेपछि विद्यार्थीहरुले के–के अवसर प्राप्त गर्न सक्दछ ?
सम्भावनाहरु धेरै छन्, जसलाई विद्यार्थीहरुले क्यास गर्न सक्नुपर्छ । अध्ययनको कुनै तह जस्तै ः ब्याचलर, मास्टर पास गरिसकेपछि २ बर्षको कार्य अनुभव लिने भिषा पाउदछ भने रिसर्च लेभलको विद्यार्थीले ३ बर्ष पाउँदछन् । त्यही देशको स्थायी वासिन्दा हुने प्रमानेन्ट रेसिडेन्सी पनि अप्लाइ गर्न पाउने ग्राउण्डहरु छन् भने अष्ट्रेलियन डिग्री हासिल गरिसके पछाडि विभिन्न किसिमका रोजगारीका अवसरहरुको ढोका खुल्ने कुरा त छँदैछ जुनकुरा विद्यार्थीको लगावमा पनि भर पर्दछ ।
अष्ट्रेलिया जाने विद्यार्थीहरुलाइ थप के सल्लाह दिन चाहनुहुन्छ ?
आँफू अध्ययन गर्न जाने विषय, तह, कलेज वा विश्वविद्यालय, आफू जाने ठाँउ एवं देशको बारेमा आफूलाई राम्रो ज्ञान हुनुपर्दछ । अष्ट्रेलियामा सम्वन्धित विषय अध्ययन पछाडि त्यसले आफ्नो करियर प्लानिङ्गमा हुने फाइदाहरु, आफ्नो देशमा रोजगारका सम्भावनाहरु एवं कमाउन सक्ने आधारहरुको वारेमा विद्यार्थीहरुसंग नलेज हुनु आवश्यक हुन्छ । साथै कमाउने भन्दापनि पढ्ने हो भन्ने सोचले विदेश जाँदा आफू सफल हुने प्रेरणा प्राप्त गर्न सकिन्छ ।
बेकनले अष्ट्रेलियाबाहेक अन्य देशमा जाने विद्यार्थीहरुलाई सहजीकरण गर्दछ ?
बेकनलाई विशेषतः न्युजील्याड, अष्ट्रेलिया तथा अमेरीका जान चाहने विद्यार्थीहरुको रोजाइ भनेर चिन्ने गर्नुहुन्छ । यसका लागि आवश्यक पर्ने तैयारी कक्षाहरु सञ्चालन भइरहेका छन् ।
बेकनका आगामी योजनाहरु के छन् ?
अहिले प्रदान गर्दै आइरहेका सेवाहरुको गुणात्मकतालाई अझ बृद्धि गरी विद्यार्थी अभिभावकहरुको आवश्यकतालाई हेरी न्युजिल्याण्ड, अष्ट्रेलिया र अमेरिका लगायत क्यानडाका लागि कार्य अगाडि बढाउने योजनामा छौं ।








Post a Comment

 
Top