0
पोखरादेखि नयाँपुलसम्मका लागि बिहीबारदेखि छुट्टै बस संचालनमा आएका छन् । कास्की ढिकुरपोखरी, कास्कीकोट, सल्यान र लुम्लेवासी एवं पृथ्वी राजमार्ग बस संचालक समिति बीच भएको सहमति अनुसार बिहीवारदेखि त्यस रुटका लागि नयाँ बस संचालनमा आएका हुन् । हाललाई दुई बसबाट सेवा सुरु गरिएको भएपनि नयाँ बस दर्ता भएसँगै सो रुटमा वस सङख्या थप्दै जाने योजना आफूहरुको रहेको पृथ्वी राजमार्ग बस संचालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए। आगामी आइतबारबाट पथ्वीचोक नयाँपुल रुटका लागि थप ३ बसले पनि सेवा सुरु गर्ने केसीले बताए । विशेष गरी विहान र कार्यालय समयलाई मध्यनजर गरी बसको समय व्यवस्थापनको तयारी भइरहेको बताइएको छ । वस सेवा सुरु भएसँगै त्यस क्षेत्रका बासिन्दाको विगत लामो समयदेखिको यातायात समस्या समाधान हुने विश्वास गरीएको छ । पृथ्वी राजमार्ग वस संचालक समितिले पोखरा नयाँपुल खण्डलाई छुटै रुटको मान्यता पनि दिएको छ । त्यस रुटका लागि नयाँ वस दर्ता हुने क्रम पनि चलिरहेको छ । यहि भदौ महिना भित्रसम्ममा १२ बसलाई सो रुटमा इजाजत दिने तयारी भइरहेको पृथ्वी राजमार्ग बस संचालक समितिले जानकारी दिएको छ ।



Post a Comment

 
Top