0
गोल्डेन न्यूज संवाददाता
मानव मिलन नारी जागरण नेपालको छैटौ वार्षिक साधारण सभा बुधबार पोखरामा सम्पन्न भयो। उक्त सभाको ब्रह्मकुमारी ईश्वरीय विश्व विद्यलाय पोखरा नयाँबजारकी सञ्चालिका ब्रह्मकुमारी शोभाले उद्घाटन गरेकी थिइन्। त्यस अवसरमा प्रमुख अतिथि शोभाले नारी संसारकै श्रेष्ठ रचना भएको उल्लेख गर्दै अनुशासन र मर्यादा भूल्दै जाँदा धुमिल बन्दै गएको बताइन्। बाह्य सौन्दर्य र भौतिक सुखमा नभई आन्तरिक सौन्दर्य बनाउनु पर्नेमा जोड दिँदै उनले सुन्दर कर्मले मात्र मानिस सुन्दर बन्न सक्ने र त्यसका लागि आध्यात्मिक शिक्षा आवश्यक पर्ने बताइन्। नरनारी एक रथका दुई पांग्रा हुन् उनले भनिन्, दुवै पाङ्ग्रा सक्षम भए मात्र संसाररुपी रथ चल्न सक्छ।  स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले नर नारी दुवैको सफलताको लागि एक अर्काको साथले सघाउ पुर्याउने बताए। उनले भने, नारी जागरणले आफ्नो नाम सार्थक बनाउन सफल भएको छ। नारी जागरणकी संस्थापक अध्यक्ष सावित्री शर्माले घरबाट परिवारको सहयोग र संस्थाका सदस्यहरुको सहयोगले सामाजिक कार्य गर्न सकिने बताइन्। मानव मिलन नारी स्याङ्जाका अध्यक्ष नारायणप्रसाद पौडेलले नारी जागरणले अन्तर्राष्ट्रिय क्षेत्रमा पनि राम्रो प्रभाव पारेको बताए। नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले सरसफाई अभियानमा नारी जागरणको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे। कार्यक्रममा सञ्चारिका समूह पश्चिमाञ्चलकी संयोजक जमुना शर्मा वर्ष, मानव मिलन पोखराका अध्यक्ष रमेशमराज सुवेदी, संस्थापक अध्यक्ष कोमलबहादुर प्रजु, शान्ति समाजकी सदस्य हसिना बस्नेत, पत्रकार गुप्तप्रसाद शर्मा, सल्लाहकार दुर्गा आचार्य, दुर्गादेवी बास्तोला, परिवर्तनका लागि नेपालकी अध्यक्ष गीता श्रेष्ठले मन्तव्य राखेका थिए।  संस्थाका अध्यक्ष पार्वती पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष रमा ढकालले स्वागत गरेकी थिइन्। कार्यक्रमको सञ्चालन सचिव कमला गिरीले गरेकी थिइन्। सभामा सचिव कमला गरीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष मेनुका पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। त्यस अवसरमा मनिपाल शिक्षण अस्पतालका कर्मचारीद्वारा तीजको अवसरमा आयोजित कार्यक्रममा संकलित रकम छ हजार एक सय रुपैयाँ सदस्य विष्णु गुरुङले मानव मिलन नारी जागरण नेपालको अक्षयकोषको वृद्धिका लागि कोषाध्यक्ष मेनुका पोखरेललाई हस्तान्तरण गरेकी थिइन्। यसैबीच मानव मिलननारी जागरण नेपालकी संस्थापक अध्यक्ष सावित्री शर्मा सम्मानित भएकी छन्। सो संस्थाको छैटौं साधारण सभाको उद्घाटन समारोह बीच उनी सम्मानित भएकी हुन्।


Post a Comment

 
Top