0
गोल्डेन न्यूज संवाददाता
नेपाल नाई संघ कास्कीले आयोजना गरेको श्रद्धान्जलीसभा सम्पन्न भयो । नारायणघाट मुग्लीङ सडक खण्डमा गत १० गते बिहान कालीखोला नजिक बस दुर्घटनामा परि मृत्यु भएका आफ्ना साधारण सदस्य शंकर ठाकुर र फेकन ठाकुरको निधन भएकोमा दुःख व्यक्त गर्दै बुधबार श्रद्धाञ्जली सभाको आयोजना गरिएको नाई संघका जिल्ला सचिव आदेशप्रसाद ठाकुरले जानकारी दिए । जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको शोक सभाका प्रमुख अतिथि नेपाल नाई संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले मृत आत्माको चिरशान्तिको कामना गर्दै एक जुट भएर नाईहरुको एकतामा जोड दिए । श्रद्धाञ्जली सभामा विशेष अतिथि नेपाल खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय अध्यक्ष भरत अधिकारीले दुर्घटनामा खानेपानी संस्थान गौर शाखामा कार्यरत कर्मचारी जोखु शाहको समेत निधन भएको भन्दै शोकाकुल परिवारलाई धैर्य रहन अनुरोध गरेका थिए ।  अधिकारीले स्वर्गीय साहका छोरालाई संस्थानमा रोजगारी प्रदानगरि सान्त्वना दिएको समेत बताए । सभामा नेपाल मजदुर संघका जिल्ला अध्यक्ष जितबहादुर गुरुङ, खानेपानी संस्थान कर्मचारी संघका केन्द्रीय महासचिव एवं नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला सदस्य केदार धमला, नाई संघका क्षेत्रीय अध्यक्ष बलिराम ठाकुर, नेपाल तरुण दल पर्वतका प्रतिनिधि दानबहादुर क्षेत्री, नाई संघका आनन्दा ठाकुर, दिपक ठाकुर भूनेश ठाकुर, भजु ठाकुर, रामेश्वार ठाकुर वीरेन्द्र ठाकुर लगायतले शोक सभामा स्वर्गीय ठाकुरको निधनले नाई संघलाई ठूलो क्षति पुगेको बताएका थिए । नेपाल ट्रेड युनियन काँग्रेस कास्कीको सभाहलमा आयोजित श्रद्धान्जली सभामा नाइ संघका अगुवाहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संञ्चालक आदेशप्रसाद ठाकुरले जानकारी दिए ।
 
यसैबीच नेपाल यातायात स्वतन्त्र मजदुर संगठन लामोदुरी बस तथा मिनी इकाईको आयोजनमा बुधबार सवारी दुर्घटनामा निधन भएका सवारी चालक लोकराज पौडेलको १३औं दिनको स्मृतिमा शोकसभा भएको छ । २०७३ भदौ १० गते  मुग्लिङ–नारायणगढ सडक खण्डको कालीखोला नजिक सवारी दुर्घटनामा परिचालक पौडेलको निधन भएको थियो । प्रमुख अतिथि संगठनका राष्ट्रिय प्रतिनिधि परिषद प्रमुख ईश्वरप्रसाद आचार्यले यातायात मजदूरले राज्यको नियम कानूनको पूर्णरुपमा पालना गर्ने बताए । उनले कानूनको कार्यान्वयन गर्ने वाहनममा ज्यादति गरे मजदुरहरु संगठित भएर प्रतिवाद गर्नुपर्नेमा जोड दिए ।
 
आचार्यले सबै यातायात मजदुरहरुले बचत गर्ने बानीको विकास गर्नुपर्ने सुझाव दिए। नेपाल लोकतान्त्रिक यातायात व्यवसायी सगंठन केन्द्रीय उपाध्यक्ष एवं पृथ्वीराज मार्ग बस संचालक समितीका महासचिव योगेन्द्रबहादुर के.सीले पृथ्वी राजमार्गका चालकहरु मध्य लोकराज असल चलक भएको बताए ।
इकाई समितिका उपाध्यक्ष श्यामकुमार बजगाइँको अध्यक्षतामा भएको कार्यक्रममा जिफन्ट गण्डकी धौलागिरी उपाध्यक्ष रुद्र बहादुर खत्री, संगठन गण्डकी अञ्चल अध्यक्ष विष्णुबहादुर खत्री क्षेत्री, संगठन कोषाध्यक्ष प्रेमबहादुर कार्की नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन केन्द्रीय सदस्य ज्ञानबहादुर के.सी., नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन केन्द्रीय सदस्य भरत मल्ल, इकाई सचिव खेम बहादुर भुजेल लगायतले आ–आफ्ना भनाइ राखेका थिए । इकाईका उपाध्यक्ष श्यामकुमार बजगाईले चालक स्व. लोकराज पौडेलको जीवनी पढेर सुनाएका थिए ।




Post a Comment

 
Top