0
नेपाल कृषिप्रधान मुलुक हो। सीमित नेपाली बाहेक अधिकांश नेपालीहरु अहिले कृषिमा निर्भर छन्। तर नेपालमा कृषिजन्य उत्पादनको आयात दिनप्रतिदिन बढिरहेको छ। जसका कारण नेपालको कुल व्यापार घाटा सात खर्ब चार अर्ब ४५ करोड ८१ लाख पुगेको छ। भन्सार विभागको तथ्यांक हेर्ने हो भने भारतबाट गत आवमा मात्रै चार खर्ब ८३ अर्ब ३० करोड ७७ लाख बराबरको आयात गरिएको छ। तर, निर्यात भने ३९ अर्ब ५६ करोड २० लाख मात्र रहेको छ। सरकारी तथ्यांकलाई विश्लेषण गर्ने हो भने नेपालको समग्र अर्थतन्त्र नै आयातमुखी छ। खुला बजार अर्थतन्त्र अवलम्बन गर्ने मुलुकहरुमा वस्तु आयात र निर्यातलाई सामान्य मानिन्छ। तर हाम्रो आयात निर्यातको तुलनामा कैयौं गुणा बढी भएकाले यसले दीर्घकालीन पमा मुलुकको अर्थतन्त्रलाई धराशायी बनाउन सक्छ।  जिल्ला कृषि विकास कार्यालय कास्कीका अनुसार जिल्लामा वार्षिक करीब १५ करोड पैयाँको हाइब्रिड धानको बीउ आयात भइरहेको छ। यसले माटोको उत्पादकत्व घटाउनुका साथै कृषकहलाई भारतमुखी बजारमा निर्भर रहन बाध्य पारेको छ। अहिले नेपाली बजारमा नेपाली कृषि उत्पादनभन्दा भारतीय कृषि उत्पादनको बजार हिस्सा बढी छ। प्रशस्त जमिन हुँदाहुँदै पनि हामीले पर्याप्त मात्रामा कृषि बाली लगाउन सकेका छैनौं। कृषि मन्त्रालयको एक तथ्याङ्कअनुसार नेपालको कुल खेतीयोग्य भूमिको करीब ३० प्रतिशत भूभाग खेतीपातीबिहीन बााझो अवस्थामा छ। खेती हुँदै गरेका भूमि पनि खण्डीकरण एवं प्लटिङका नाममा दिनप्रतिदिन ह्रास हुँदै आएको छ। यही गतिमा जग्गाको खण्डीकरण हुादै जाने हो भने नेपाल कृषिमा पूर्ण आयातमा निर्भर रहनुपर्ने हुन्छ। आजको विश्वव्यापीकरण तथा आर्थिक उदारीकरणको युगमा अन्तर्राष्ट्रिय व्यापारलाई हामीले इन्कार गर्न सक्दैनौं। हामीले गर्न सक्ने भनेको तुलनात्मक लाभको सिद्धान्तअनुुसार आफ्नो बजार विस्तार गर्नु हो। नेपालमा सााच्चिकै आत्मनिर्भरमुखी अर्थतन्त्र बनाउने हो भने कृषिको आधुनिकीकरणमा ध्यान दिनैपर्छ। अहिले पनि हामीले परम्परागतपमा निर्वाहमुखी कृषि पेशा अँगालिरहेका छौं। कृषकहको क्षमता अभिबृद्धि गर्दै उनीहलाई अनुदानका कार्यक्रम ल्याइनुपर्छ। छिमेकी मुलुक भारतमा कृषकहलाई बीऊ, मल, किटनाशक औषधि लगायतका कृषि उपजमा अनुदान दिने गरिन्छ। किसानहले कम लागतमा उत्पादन गर्न सकेमा तुलनात्मकरुपमा सस्तो मूल्यमा कृषि बाली बिक्री गर्न सक्छन्। खुला सीमा भएका कारण भारतीय उत्पादनहरु सहजरुपमै नेपाली बजारमा प्रवेश पाउँछन्। आधुनिक तरीकाले गरिएका कारण भारतीय कृषि उत्पादन नेपाली उत्पादनको तुलनामा गुणस्तर र सस्तो पर्न जान्छ। आम उपभोक्ताहले गुणस्तरीय र सस्तो मूल्यमा नै वस्तु खरीद गर्न चाहनु स्वाभाविक पनि हो। अहिले नेपाली उत्पादनले बजार पाउन सकेको छैन। हामीले नेपालमा बढी उत्पादन गर्न सकिने र विदेशमा राम्रो बजार सम्भावना भएका वस्तु उत्पादनमा ध्यान दिनुपर्छ। विशेषतः खाद्यान्न बाली, तेलहन बाली, फलफूल, जडीबुटी, चिया, कफी, रेशम, जुट, अलैंची, उखु, मह, दूध आदिको उत्पादनतर्फ कृषकलाई आकर्षित गर्न सरकारले ध्यान दिनैपर्छ। अहिले अन्तर्राष्ट्रिय बजारमा अग्र्यानिक कृषि उत्पादनको राम्रो माग रहेको छ। नेपालमा अहिले पनि अग्र्यानिक उत्पादन बढाउन सम्भव छ। कृषि उत्पादन बढाउनको लागि सबैभन्दा पहिले जग्गाको खण्डीकरण रोक्नुपर्छ। संसारका सबैजसो विकसित मुलुकहमा भूमिको वर्गीकरण गरिएको हुन्छ। भूमिको वर्गीकरणले आवास, शहरीकरण, कृषि, औद्योगिक, वन, खुलालगायतका क्षेत्रहको उचित व्यवस्थापन गर्न सकिन्छ। अहिले वस्ती विकासको नाममा भइरहेको जग्गाको खण्डीकरणले दीर्घकालीनपमा साँच्चिकै गम्भीर समस्या उत्पन्न गर्नेछ। विदेशी आयात रोक्नको लागि हामीले भाषण र चर्का नारा लगाएर मात्र हुँदैन। आत्मनिर्भरताको बाटो भनेको स्वदेशी उत्पादनलाई बृद्धि गरेर आयात व्यापारलाई प्रतिस्थापन गर्ने नै हो। अहिले पनि नेपाली उत्पादन विदेशी बजारसम्म पुग्न सकेको छैन। विदेशमा उत्पादन नहुने तर नेपालमा सहजरुपमा उत्पादन हुने कैयौं कृषि उपजहरु छन्। ती उत्पादनलाई हामीले अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सक्यौं भने व्यापार घाटा रोक्न सक्छौं। आम कृषकह सहजपमा अन्तर्राष्ट्रिय बजारमा जान सक्दैनन्। कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गराउनको लागि कृषि मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष ध्यान दिनैपर्छ।




Post a Comment

 
Top