0
गोल्डेन न्यूज संवाददाता
डागर स्मृति समाजसेवा पुरस्कारबाट हरिशचन्द्र शर्मा सम्मानित भएका छन्। डागर स्मृति प्रतिष्ठानद्वारा समाजसेवी स्वर्गीय राजन प्रासर ‘डागर’को स्मृतिमा स्थापित तथा सञ्चालित उक्त पुरस्कार मंगलबार आयोजित एक समारोहबीच शर्मालाई प्रदान गरियो। डागरको १५औं स्मृति दिवस तथा प्रतिष्ठानको प्रथम साधारणमा कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति वामदेव ढुङ्गानाले सम्मान गरे। पुरस्कारको राशी पाँच हजार पाँच सय ५५, सम्मानपत्र र दोसल्ला छ। शर्माले उक्त रकममा दुइ हजार थप गरी प्रतिष्ठानलाई नै फिर्ता गरेका छन्। कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुङ्गानाले शर्मा मानवसेवामा समर्थित निःस्वार्थी समाजसेवी भएको बताए। प्राज्ञ हरिदेवी कोइरालाले मानिसको मानवता सबैभन्दा ठूलो कुरा भएको उल्लेख गरिन्। उनले भूगोलको सीमानाले मान्छेलाई बाध्न नसक्ने जनाउँदै असल काम गरे जात, सीमाना र भूगोलले मानिसलाई छुट्यान नसक्ने बताइन्। पुरस्कृत व्यक्तित्व शर्माले सम्मानले आफूलाई थप समर्पित भएर समाजसेवामा लाग्न प्रेरण दिएको बताए। २०१६ सालमामा वीरगंजमा जन्मिएका शर्मा शान्तिदीप अभियान, शान्तिदीप नेत्र दान, असहय कल्याणकारी लगायतका अभियानमा सक्रिय छन्। पुरस्कार योग्य प्रतिभा छनौट समितिका अध्यक्ष दीपेन्द्र श्रेष्ठले शर्माले ३५ वर्षदेखि पोखरामा रही आफ्नो वरगतले भ्याएसम्म सामाजिक काम गरेको बताए। राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिका केन्द्रीय सदस्य गोविन्दराज पहारीले निस्वार्थ सेवा गर्नेहरूको समाजले मूल्याङ्न गर्ने बताए। उनले समाजको मूल्यांकनले समाज सेवामा लाग्नेलाई उर्जा प्रदान गर्ने जनाए। प्रतिष्ठानका संरक्षक रुपमा प्रासरले दिवंगत पतिले सिकाएको इमान्दारिताको बाटोमा आफू हिंडिरहेको र धेरै शुभेच्छुकले साथ, सहयोग गरेको भन्दै आभार प्रकट गरिन्।कार्यक्रममा कलम बचत तथा ऋण सहकारीका ऋषिराम भण्डारी, पुस्तक तथा स्टेशनरी व्यवसायी संघका अध्यक्ष शिवराज बास्तोला, कृष्ण पोखरेलगायतले बोलेका थिए। कार्यक्रमा प्रतिष्ठानका संरक्षक रमा प्रसारले रचना गरेको गीत बबी सुनार स्वारले सुनाएकी थिइन्। उक्त गीतमा संगीत सुमन श्रापितको छ। प्रतिष्ठानका अध्यक्ष हीरादेवी बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत सदस्य असफल गौतम र सञ्चालन सचिव सरिता तिमिल्सिना पगेनीले गरेकी थिइन्।



Post a Comment

 
Top