0
गोल्डेन न्यूज संवाददाता
पोखरा २५ भदौ ।पोखरा उपमहानगरपालिका वडा नं. २,अर्चलबोटचोकस्थित विवेक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न भयो । सात सहकारी सिद्धान्त वाचन गरि कार्यक्रमको उद्घाटन गर्दै शुभेच्छा सहकारीका संस्थापक प्रबन्ध निर्देशक होम बहादुर आलेले पछिल्लो समयमा सहकारीको संख्यामा वद्धि भएकाले सहकारीको संख्यामा भन्दा पनि गुणात्मक सेवा वृद्ध गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका आलेले सहकारीप्रति राज्य र समाजको पनि दृष्टिकोण अझैपनि नकारात्मक रहेकाले यसलाई चिर्न सहकारीर्मीहरु नै अग्रसर बन्नुपर्ने बताए ।
संस्थाको गतिविधिमाथि प्रकाश पार्दै विवेक सहकारीका अध्यक्ष अधिवक्ता केशव प्रसाद पराजुलीले सहकारीले विभिन्न सम्भावना र चुनौतीहरुबाट पाठ सिकेर वर्तमानसम्म आइपुग्दा आशलाग्दा उपलव्धिहरु हासिल गरिरहेको जानकारी दिए । सहकारीले संस्थामा आवद्ध शेयर सदस्यको घरमा नयाँ बुहारी भित्रिँदा र नयाँ सन्तानको जन्म हुँदा सहकारीमा निःशुल्क खाता खोल्ने योजना ल्याएको उनले स्पष्ट पारे । अध्यक्ष पराजुलीले आर्थिक गतिविधिले  सहकारीलाइ उर्जा दिने हुनाले शेयर सदस्यहरुलाई आफ्ना हरेक लेनदेन आफ्नै सहकारीमार्फत गर्न आग्रह गरे । उनले भने–‘नियमित रुपमा कारोवार गर्ने र अधिकतम शेयर लगानीकर्ता सदस्यहरुलाई संस्थाको तर्फबाट थोरै भएपनि अतिरिक्त सहुलियत प्रदान गर्ने खालका सकारात्मक विभेद प्रयास जारी रहन्छ ।’
कार्यक्रममा लेखा समिति संयोजक रामजी पराजली, सल्लाहकार लक्ष्मीशरण पराजली, उपाध्यक्ष राधादेवी पराजुली, सचिव सुशिला रेग्मी, सह–सचिव कल्पना सुवेली, कोषाध्यक्ष रामचन्द्र पराजुली, शेयर सदस्य विष्णु प्रसाद पराजुली (ठूलो), ऋषिराम पराजुली, कौशिक सहकारीका खेचरनाथ रेग्मी लगायतले संस्थाको गतिविधि माथि प्रकाश पारेका थिए । उक्त अवसरमा ज्येष्ठ सदस्य ऋषिराम पराजुली, शेयर सदस्यहरु बालकृष्ण पराजुली, कल्पना सुवेदी, प्रभाष पराजुली र मालिका पराजुलीलाई सम्मान गरिएको थियो ।
वि.सं. २०६६ सालमा ३७ जनाबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ का दरले ३७ हजार रुपैयाँबाट कारोबार शुरु गरेको सहकारीको हाल १५२ जना सदस्य रहेका छन् भने कुल पुँजी ८३ लाख ८४ हजार १०० रुपैयाँ रहेको छ । 


Post a Comment

 
Top