0
नेपाल मानव धर्म सेवा समिति पोखरा शाखाको आयोजनामा मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ६६औँ शुभ जन्मोत्सव तथा विश्व शान्ति दिवसको अवसरमा विविध कार्यक्रम गरिएको छ । दिवसको अवसरमा पोखरा शाखाले गरेको रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन भएको छ । कार्यक्रममा ७८ जना पुरुष र १५ जना महिलाले रक्तदान गरेका थिए । सोही अवसरमा सबैभन्दा धैरे रक्तदाता ल्याउने संस्थाका सदस्य मिलन जिसीलाई प्रमाण पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो । दिवसकै अवसरमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जनाको स्वास्थ्य जाँच गरि निःशुल्क औषधि वितरण गरिएको थियो ।
 
कार्यक्रममा बोल्दै नगर विकास समितिका अध्यक्ष प्रकाशमोहन खनालले मानव जातिको एकमात्र धर्म मानव धर्म भएकाले सबैले मानवको हित हुने कार्य गरि मानव सेवामा नै जीवनलाई लगाउनुपर्नेमा जोड दिएका थिए। मानव जीवनको उद्देश्य प्राप्तिका लागि सदैव सद् विचार र सत्कर्ममा लागि जातीयताको हिसावले भेद्भाव नगरी सधैंलाई मानवताकै नाताले हेरी सोही अनुसार कार्य गर्नुपर्ने बताएका छन्। मानव धर्मका गण्डकी अञ्चल ईन्चार्ज महात्मा पिताम्वरा वाईजीले गुरुको महत्वको वारेमा प्रकाश पार्दै विश्व शान्तिका लागि सवैमा मानवता र समानताको भावना आएमात्र सु–समाजको निर्माण गर्न सकिनेमा जोड दिईन् ।  कार्यक्रममा महात्मा कृपालुनन्द र अल्का वाईजीले मानव धर्मको प्रचार–प्रसार गरि सबैमा शुद्ध विचारले मानवताको भावनालाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम सुरु गर्नु अगावै विभिन्न झाँकी सहित नग्र परिक्रमा गरिएको थियो । कार्यक्रममा सुमधुर भक्तिसंगीतको साथमा सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सञ्चालन संस्थाका सचिव होमनाथ निरौला र वरिष्ठ सल्लाहकार अग्निकुमार श्रेष्ठले गरेका थिए ।
 
यसैबीच मानव धर्म सेवा समितिले मानव धर्मका प्रणेता श्री सतपाल जी महाराजको ६६औँ शुभ जन्मोत्सव तथा विश्व शान्ती दिवसको अवसरमा आयोजना गरेको देशव्यापी रक्तदानमा ९२८ युनिट रगत संकलन भएको छ । मानव धर्मको प्रचार पुगेका अञ्चलका शाखा कार्यालयहरुले रक्तदान कार्यक्रमको आयोजना गरेका थिए सो अवसरमा काठमाडौँमा २२४ युनिट रगत संकलन भएको छ त्यस्तै पोखरा शाखामा ९३ युनिट, लुम्विनी अञ्चलमा १७०, हेटौडा नारायणगढमा १००, भेरी अञ्चलमा १५२, सेती अञ्चलमा १३, महाकालीमा २१,मेचीमा २८, कोशीमा ६३,जनकपुरमा ६४ युनिट रगत सकंलन भएको छ। जन्मोत्सव तथा शान्ति दिवसको अवसरमा रक्तदान वाहेक निःशुल्क स्वास्थ्य शिविर, सत्सग प्रवचन तथा सांस्कृतिक कार्यक्रम सहित भक्तिसगीत प्रस्तुत गरिएको थियो । यसैबीच विश्व शान्ति दिवसको अवसरमा पारी आत्म ज्ञान प्रचार संघ रानीपौवाको आयोजनामा शान्तिको सन्देश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बरिष्ट प्रचारक प्रेमराज रावतको ४० मिनेट लामो सन्देश नेपाली भाषामा अनुवाद गरेर प्रस्तृत गरिएकोे थियो । शान्ति सम्भव छ, संग–संगै जाऔँ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक नीलकण्ठ सिग्देलले जानकारी दिए ।







Post a Comment

 
Top