0
गोल्डेन न्यूज संवाददाता
पोखराको मासबारस्थित स्टेप वाई स्टेप उच्च मा.वि. मा विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको सभापतित्वमा प्राथमिक तहका विद्यार्थीहरूबीच चार समूहमा अंग्रेजी हस्तलेखन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका अतिरिक्त क्रियाकलाप इन्चार्ज जगन्नाथ घिमिरेको संयोजकत्वमा संचालित प्रतियोगितामा शिक्षक बम बहादुर थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा कक्षा १ बाट प्रशान्त तिमिल्सिना प्रथम, मोहम्मद इसुप द्वितीय, सन्दिप न्यौपाने तृतीय र आइसा पाण्डे सान्त्वना भएका थिए भने कक्षा २ बाट स्नेहा गुरुङ प्रथम, प्रमिला बि.क. द्वितीय, उज्जवल शर्मा तृतीय र प्रियोजन परियार सान्त्वना भएका थिए । त्यसैगरी कक्षा ३ बाट निशान बस्ताकोटी प्रथम, एशिया नेपाली द्वितीय, स्नेहा रिजाल तृतीय, रश्मि गौतम र सुविधा बराल सान्त्वना भएका थिए भने कक्षा ४ र ५ को समूहबाट निलिशा श्रेष्ठ प्रथम, स्मृति पराजुली द्वितीय, प्रकृति भण्डारी तृतीय, साइमन पुन र सोनिया भण्डारीले सान्त्वना स्थान हासिल गरेका छन् । प्रतियोगिताको अन्त्यमा आयोजित विशेष कार्यक्रममा विद्यालयका संस्थापक निर्देशक बरालले विजयी विद्यार्थीहरूलाई अबिर लगाउँदै बधाई समेत ज्ञापन गरेको विद्यालयका संयोजक सूर्यप्रसाद लम्सालले जनाएका छन् ।







Post a Comment

 
Top