0
जापानीज भाषा अध्ययन अध्यापन गराउने संस्थाहरुको छाता संगठन नेपाल भाषा संघ पोखराको आयोजनामा जापानीज भाषा प्रशिक्षकहरुलाई एकदिने भाषा प्रशिक्षण तालिम दिइएको छ । तालिम पोखराको विरौटा स्थित जापानिज सस्कृती तथा भाषा तालिम केन्द्रको सभाहलमा आयोजना गरिएको थियो । पोखराका विभिन्न कन्सल्टेन्सीहरुमा भाषा तालिम दिदै आएका शिक्षकहरुका अध्यापन गराउदाका कठिनाई र सिकाउने नयाँ प्रविधिका बारेमा प्रशिक्षण गराइएको थियो । भाषा प्रशिक्षण संघ पोखरामा विधिवत दर्ता भएपछि यो प्रशिक्षण पहिलो हो । प्रशिक्षणले निकै नै फाइदा पुगेको संस्थाका अध्यक्ष युवराज खनाल बताए । विदेशी भाषा त्यसमा पनि सिकाउने तरिका फरक फरक पर्न जादा उल्टो अर्थ लाग्ने हुनाले सवै कन्सल्टेन्सीहरुमा एक रुपता होस भन्ने हेतुले तालिम आयोजना गरिएको कार्यक्रम संयोजक प्रकाश कुमार श्रेष्ठ बताए । भाषा प्रशिक्षक प्रशिक्षण तालिममा पोखरामा जापानीज भाषामा लामो अनुभव बटुलेका प्रशिक्षक विक्रम उदास, श्रृजन भान्साकार्य र मोतीप्रसाद श्रेष्ठले फरक फरक विधामा प्रशिक्षण गराएका थिए । कार्यक्रम सहभागी सुभाष कुवँर, शिव देवकोटाले प्रशिक्षण निकै फलदायी भएको अभिव्यक्ति दिए । संस्थाका महासचिव पुर्ण चन्द्र न्यौपानेले सञ्चालन गरेको तालिम कार्यक्रममा विभिन्न ४० वटा कन्सल्टेन्सीका शिक्षकको उपस्थिति रहेको थियो ।

Post a Comment

 
Top