

सोही विद्यालयका पूर्व विद्यार्थी एवं नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपसभापति गंगाधर पराजुलीको पहलमा पञ्चासे–हर्पनडाँडा समाजमा आवद्ध पदाधिकारी र सदस्यहरुले उक्त सहयोग गर्ने भएका हुन् । राससका बोर्ड सदस्य तथा गोल्डेन न्यूज दैनिकका अध्यक्ष एवं प्रधान सम्पादक समेत रहेका पराजुली केही साता अघि बेलायतको भ्रमण गरि स्वदेश फर्किएका थिए । वेलायत भ्रमणका क्रममा चापाकोट गाविस र छिमेकी गाविस भदौरेतामागी क्षेत्रका अधिकांश नेपाली रहेको पञ्चासे–हर्पनडाँडा समाजले पत्रकार पराजुलीलाई विशेष कार्यक्रमको आयोजना गरि सम्मान गर्नुका साथै समाजको वेवसाइट उद्घाटन गरेको थियो ।
बेलायत भ्रमण पूरा गरि नेपाल फर्किएका पराजुलीले आफ्नो गाउँको विद्यालयको समस्या सामाजिक सञ्जाल भाइवरमार्फत बेलायतमा रहेका साथी–भाइहरुमाझ सार्वजनिक गरेका थिए । त्यसपछि पञ्चासे–हर्पनडाँडा समाजका अध्यक्ष डम्बर काजी गुरुङ र महासचिव प्रकाश गुरुङ समेतले विद्यालयका लागि आवश्यक पर्ने रकम आफूहरुको तर्फबाट सहयोग गर्ने चाहना भएकाले संस्थामा छलफल गर्ने जानकारी गराएका थिए । त्यस लगत्तै संस्थाका सदस्यहरुको तर्फबाट बेलायती पाउण्ड १ हजार ३०१ र नेपाली रुपैयाँ ५० हजार संकलन भएको महासचिव प्रकाश गुरुङले गोल्डेन न्यूज दैनिकलाई बताए ।
समाजका अध्यक्ष र महासचिव दुवैले आप्mनै देश र आफ्नै गाउँ–ठाउँको विद्यालयको पूर्वाधार विकास तथा सुविधा विस्तारका लागि सहयोग गर्न पाउँदा सबै खुशी भएको जानकारी दिएका छन् । आफूहरुले संकलन गरि पठाएको रकम सदुपयोग हुने विश्वास समेत उनीहरुको छ ।
वेलायतबाट समाजका महासचिव प्रकाश गुरुङले दिएको जानकारी अनुसार समाजका अध्यक्ष डम्बर काजी गुरुङले २५ हजार रुपैयाँ, महासचिव प्रकाशले १०० पाउण्ड सहयोग गरेका छन् । यसैगरी संस्थाका कोषाध्यक्ष रवि गुरुङले १०० पाउण्ड, कल्चरल सेक्रेटरी खुशीमान गुरुङले १०० पाउण्ड, डा. सचिन गुरुङ १०० पाउण्ड तथा सल्लाहकार मेजर बुद्धि गुरुङले ५० पाउण्ड सहयोग गरेका छन् । सहयोग गर्ने अन्य दाताहरुमा कृष्ण घलेले २५ हजार रुपैयाँ, लालबहादुर घलेले १०० पाउण्ड, आनन्द पौडेलले १०१ पाउण्ड, यामबहादुर गुरुङ, तेजु गुरुङ, अनिता गुरुङ, देवी गुरुङ, निरबहादुर गुरुङ र कमल गुरुङले ५०/५० पाउण्ड, सुवाश गुरुङले ४० पाउण्ड, झलक गुरुङले ३५ पाउण्ड, हुमानसिंह गुरुङ र डुमबहादुर गुरुङले ३०/३० पाउण्ड, जगन गुरुङ, रामबहादुर गुरुङ र मनबहादुर गुरुङले २५/२५ पाउण्ड, कृपा गुरुङ र देउकाजी गुरुङले २०/२० पाउण्ड सहयोग गरेका छन् । यसैगरी संस्थाको तर्फबाट १०० पाउण्ड सहयोग गरिएको बताइन्छ ।
सहयोगदाताहरु मध्ये आनन्द पौडेल हर्पन, लालबहादुर र कृष्ण घले मकनपुर, मनबहादुर, रामबहादुर, कमल र निरबहादुर गुरुङ दमदमे, जगन र देउकाजी गुरुङ कुद्वीडाँडा र अन्य सबै सिधानेबाट बेलायत गएर विभिन्न स्थानमा बस्दै आएका छन् ।समाजका महासचिव प्रकाश गुरुङले समाजका सदस्यहरुसंग स्वेच्छिक रुपमा सहयोगको आग्रह गरिएको तर चेलीवेटीसंग सहयोग नमागिएको भएपनि अनिता र देवी लगायतले स्वतस्फूर्त रुपमा सहयोग गरेको भन्दै धन्यवाद प्रकट गरेका छन् । बेलायतमा संकलित सहयोग छिट्टै नेपाल पठाउने र विद्यालयका लागि आवश्यक फर्निचर एवं अन्य सामाग्री खरिद गर्नका लागि विद्यालयका पूर्व विद्यार्थी पराजुलीमार्फत प्रक्रिया अघि बढाइने भएको छ ।
यसैबीच भूकम्पबाट क्षतिग्रस्त बनेको उक्त विद्यालयको भवन निर्माण तथा अन्य कार्यका लागि विभिन्न संघ–संस्थाले समेत सहयोग गरेका छन् । लायन्स क्लव अफ पोखरा अन्नपूर्णले ४ वटा कोठा, जर्मनीको एक संस्थाले २ वटा कोठा र शान्ति नेपालले २ वटा कोठा गरि आठ वटा नयाँ कोठा निर्माण गरिदिएका छन् । पोखराका रेष्टुरेन्ट व्यवसायीका संस्था सिटी रेवानले समेत विद्यालयका लागि २५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको संस्थाका अध्यक्ष केपी शर्मा पाध्याले जानकारी दिए ।
संस्था पञ्चासे–हर्पन डाँडा समाजले करिब २ लाख ३० हजार रुपैयाँ बढी आर्थिक सहयोग गर्ने भएको छ । गत वर्षको महाभूकम्पका कारण कास्कीका विद्यालयहरुमध्ये सबैभन्दा बढी क्षतिग्रस्त बनेको विद्यालय पञ्चकोशी निमावि हो ।
Post a Comment