0
मलेसियाली पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदको २२ वर्षे शासनकालमा मलेसियाको आर्थिक वृद्धिदर औसतमा १० प्रतिशत र जनताको जीवनस्तरमा २० गुनाले वृद्धि भयो । मलेसियाली जनताको त्यो उच्च आर्थिक समृद्धि र विकासका लागि प्रमुख दुई सूचक थिए – मलेसियाको राजनीतिक स्थायित्व र शासकीय इच्छाशक्ति ।पङ्तीकारले नयाँ र समृद्ध नेपालको कल्पना गरेर केही लेखिँरहँदा कुनैबेला तानाशाह भनिएका तीनै मलेसियाली नेता महाथिरको त्यो चमत्कारिक विकासको सन्दर्भ यहाँ उल्लेख गर्न उपयुक्त ठानेको हो । किनकि स्वाधीन र समृद्ध मुलुकको निर्माणका लागि शासनकर्ताको कठोर इच्छाशक्ति प्रधान हुँदोरहेछ भन्ने कुरा हामीले मलेसियाको महाथिर शासनबाट सिक्न सक्छौं ।उत्तरी छिमेकी चीन र दक्षिणको छिमेकी भारतले हाम्रो देश नेपाल सँगसँगै स्वतन्त्रता हासिल गरेका हुन् । तर, वर्तमान भूगोलमा हामीले उत्तरतिर फर्केर हेर्रुयौं भने चीन यतिबेला विश्वको पहिलो आर्थिक शक्तिराष्ट्र बन्ने दौडमा कुदिरहेको छ । यहीबेला हामीले दक्षिणतिर फर्केर हेर्रुयौं भने भारतले विकास र समृद्धिको दिशामा आफूलाई निकै पेचिलो ढंगले अगाडि बढाइरहेको छ । तर, विडम्बना ! प्राकृतिक श्रोत साधनका दृष्टिले ती दुवै छिमेकीको तुलनामा अरु धेरै सम्भावना बोकेको राष्ट्र भएर पनि हाम्रो आर्थिक बृद्धिदर अहिले पुग नपुग एक प्रतिशतमा सीमित रहेको छ ।परिवर्तनको वेगलाई समातेर विश्वका अधिकांश मुलुकहरु धेरै अघि पुगिसके । तर, राजनीतिक स्वतन्त्रता प्राप्त गरेको यो साढे छ दशकको समयमा पनि हामीले त्यही राजनीतिक उतार(चढावमा व्यतीत गर्रुयौं । जसका कारण हामो प्रगति उत्तर र दक्षिणको तुलनामा निकै कम भयो ।चीन र भारतमात्र नभएर दक्षिण एसियाका सबै मुलुकहरु हाम्रो तुलनामा कसरी यतिमाथि पुगिसके ? हामी किन उही अस्थिर राजनीतिको शिकार भयौं ? हाम्रो समृद्धि र प्रगतिको प्रमुख बाधक के रर्रुहो ? यसको समीक्षा गर्ने बेला आएको छ ।
 
राजनीतिक स्थायित्वः हाम्रो आर्थिक समृद्धिको प्रमुख बाधक राजनीतिक स्थायित्वको अभाव हो । कुनै पनि सरकार बर्षरडेढ वर्षभन्दा माथि टिक्न नसक्नु यसको ज्वलन्त उदाहरण हो । नेपालमा सरकार फेरबदलको यो श्रृङ्खला आजसम्म यसरी नै चल्दै आउनु हाम्रो प्रगतिको प्रमुख बाधक हो ।अर्को्तिर नेपाली राजनीतिको सबैभन्दा कमजोर पक्ष दलीय अविश्वास र ध्रुवीकृत राजनीति हो ।तर, अब ब्यूँझने बेला आएको छ । हामीले अरुतिर फर्केर दोष दिने संस्कृतिलाई परित्याग गरी आफ्नो कर्तव्यको पालना गर्न सिकौं ।मुलुकमा राजनीतिक स्थायित्व, विकास र सुशासनका लागि काम गर्ने असल नेताको छनोट गरौं । एउटा सरकार बनेपछि कम्तिमा पनि पाँच वर्ष शासन गर्ने वातावरण निर्माण गर्न सकियो भने मात्रै हामीले कल्पना गरेको समृद्धिको सपनालाई सार्थक पार्न सकिन्छ ।
 
नेतृत्वको इच्छाशक्तिः नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्रीय पद्दतिको ३९ औं श्रृङ्खला भर्खर पूरा भएको छ । नेपालमा अहिलेसम्म भएका धेरै प्रधानमन्त्रीहरुको कार्यकाल पनि विभिन्न राजनीतिक उतार(चढावमा बितेको देखिन्छ । कतिपय प्रधानमन्त्रीहरुसँग इच्छाशक्ति थियो, तर परिस्थिति प्रतिकूल थियो । कतिपय प्रधानमन्त्रीहरुसँग समय अनुकुल थियो, तर मुलुक निर्माणको कार्य्दिशा र इच्छाशक्ति अपूरो थियो । त्यसैले आज पर्यन्त नेपालले अन्य विकासशील राष्ट्रको तुलनामा आफूलाई अघि लैजान सकेन ।
तर, लोकतान्त्रिक गणतन्त्रमार्फत हाम्रो राजनीतिक परिवर्तनको कार्य्दिशा पूरा भएको छ । नयाँ संविधान निर्माणसँगै अबको हाम्रो लक्ष्य राष्ट्रको विकास र जनताको समृद्धि हुनुपर्दछ । अबको राजनीतिक पुस्ता र नेतृत्वसँग उपरोक्त मुद्दाहरुलाई तार्किक निष्कर्षमा पुर्रुयाउने दृढ इच्छाशक्ति र संकल्प हुन जरुरी छ । त्यसका साथै राजनीतिक एकता, सहकार्य र सहयात्रालाई समेत प्रमुख प्राथमिकतामा राखेर काम गर्नसक्ने विवेकशील, साहसी, धीर र दृढसंकल्पित नेतृत्व अबको आवश्यकता हो ।
 
मुलुकको समृद्धिका लागि सामुहिक मार्ग्चित्रः राष्ट्र निर्माणको मुद्दा कुनै दलविशेष, कुनै जातविशेष, क्षेत्र वा वर्ग विशेषको मुद्दा होइन । यो नेपाली जनताको साझा र सर्वमान्य मुद्दा हो ।राजनीतिक परिवर्तनका हरेक आन्दोलनहरुमा नेपालका सबैजसो दलहरुले जुन राजनीतिक सहकार्य र एकता प्रदर्शन गरे, त्यही सहकार्य र एकता मुलुक परिवर्तनका लागि पनि प्रदर्शित हुन आवश्यक देखिन्छ । किनकि आर्थिक समृद्धिको आधार बलियो नहुँदासम्म जनताको जीवनस्तर माथि उठ्न नसक्ने र जनताको जीवनस्तर माथि नउठ्दासम्म राजनीतिक परिवर्तन संस्थागत नहुने भएकाले राजनीतिक स्थायित्व र लोकतन्त्रको संस्थागत विकासका लागि सबै राजनीतिक दलहरुले नयाँ मार्ग्चित्र तय गर्नुपर्ने देखिन्छ ।मुलुकमा प्रयाप्त सम्भावना बोकेका जल, जङ्गल, जमीन र पर्यटनलाई लक्षित गरेर योजना निर्माण गर्न सकियोभने मात्रै सुदृढ र आत्मनिर्भर अर्थतन्त्रको मूलबाटोमा नेपाल पुग्नेछ । तर, यसका लागि सरकार र राजनीतिक पार्टी सँगसँगै सार्वभौमसत्ता सम्पन्न प्रत्येक नागरिकहरुको चासो र चिन्ता आवश्यक छ । किनकि मुलुकको प्रगतिका लागि एउटै दृष्टिकोण बनाउन दलहरुलाई दबाव दिने र जनताका मुद्दामा सहकार्य गर्न बाध्य बनाउने हाम्रो इच्छाशक्तिले पनि मुलुकको समग्र विकासका ठूलो टेवा पुर्रुयाउने छ त्यसैले पनि सर्वदलीय र सर्वपक्षीय सहभागितामा नयाँ नेपाल निर्माणको मार्ग्चित्र निर्माण गरि काम गर्न शुरु गर्न अबको सरकार र राजनीतिक नेतृत्वलाई हामीले निरन्तर खबरदारी गरौं । विकासमा एकता र सहकार्यः फरक विचार र स्वस्थ आलोचना लोकतन्त्रको विशिष्ट सौन्दर्य हो । बहुदलीय पद्दति र संस्कृतिको शीरोधार्य गरिसकेपछि हामी स्वाभाविक रुपमा भिन्न(भिन्न विचार, फरक(फरक दल र अलग(अलग मान्यताबाट परिचालित छौं । तर, यसो भनिरहँदा हाम्रा केही साझा मुद्दाहरुबाट समेत हामी अलग हुन मिल्दैन । ती मुद्दा र एजेण्डामा हाम्रो साझा अठोट, एकता र सहकार्य्विना हाम्रो राजनीतिक उद्देश्य नै निरर्थक हुन्छ ।किनकि प्रत्येक नेता र प्रत्येक दलको अन्तिम लक्ष्य जनताको आर्थिक, सामाजिक र सांस्कृतिक परिवर्तनसँग निरपेक्ष हुन सक्दैन ।स्वाधीन नेपालका पाँच सूचकसामान्यतया विकास त्यो हो, जुन विकासले बहुसंख्यक जनताको जीवन पद्दतिमा परिवर्तन ल्याउन मद्दत गर्दछ ।विकासलाई ‘बहुजन हिताय’ को पवित्र मान्यतामा जोड्ने प्रयास गरौं । विकासको साझा मार्ग्चित्र निर्माण गरौं र त्यसलाई पुरा गर्ने संकल्प र समय निर्धारण गरौं । विकासलाई नेतामा भन्दा नीतिमा आवद्ध गरौं । उपरोक्त सिद्धान्तका आधारमा हामीले आफूलाई रुपमान्तरण गरेर अघि बढ्न सक्यौं भने आउँदो एक दशकमा सायद हामी पनि विश्वका धेरै विकासशील मुलुकहरुसँग प्रतिस्पर्धामा आउन सक्नेछौं । अन्तर्रा्ष्ट्रिय सम्बन्धमा समान दृष्टिकोणः मुलुकमा खड्किएको अर्को प्रमुख मुद्दा अन्तराष्ट्रिय मामिलामा नेपालले साझा दृष्टिकोण बनाउन नसक्नु हो । अन्तराष्ट्रलाई हेर्ने दृष्टिकोण सबै पार्टीका वीचमा मात्रै नभएर एउटै पार्टीमा समेत भिन्न(भिन्न तरिकाले अभिव्क्त भएको पाइन्छ । यो नेपाली राजनीतिको अर्को दुर्भाग्य हो । नयाँ सरकार बनाउने र ढलाउनेदेखि नेपाली राजनीतिका हरेक मुद्दाहरुमा विदेशी चासो र सक्रियतालाई अहिलेसम्म हाम्रो राजनीतिले संस्थागत गरेको छ । हामीले आफ्नो स्वाभिमानप्रति गर्व नगरेर पराधीन मानसिकतालाई मलजल गरिरहेका छौं ।
निष्कर्षः नेपालमा राजनीतिक स्वतन्त्रताको साढे छ दशकको यात्रा सत्ता र सङ्घर्षमा व्यतीत भयो । नेतृत्वको दम्भ, आत्मपरक चिन्तन र जनताप्रतिको उदासीनताका कारण प्रजातन्त्र धेरैपटक खोसियो । आर्थिक परिवर्तनविनाको प्रजातन्त्र दीगो हुन सक्दैन भन्ने बुझाई हाम्रो नेतृत्वमा भएन ।





Post a Comment

 
Top