0
गोल्डेन न्यूज संवाददाता
संघीय समाजवादी फोरम नेपालको विद्यार्थी संगठन समाजवादी विद्यार्थी फोरमको पोखरा १० अमरसिंहस्थित अमरसिंह नमुना उच्च मावि र रामबजारस्थित कालिका उच्चमाविका इकाई समिति गठन गरेको छ । संगठन निर्माण अभियानमा अन्र्तगत विहीवार भएको विद्यार्थी भेलाले अमरसिंह नमुना उच्चमाविमा हरि पुनको अध्यक्षतामा ५४ सदस्यीय र कालिका उच्चमाविमा राजकुमार गुरुङको अध्यक्षतामा ६३ सदस्यीय इकाई समिति गठन गरेको हो । अमरसिंह उच्चमावि इकाईको उपाध्यक्षमा प्रिती केसी, सचिवमा रामबहादुर गुरुङ, सहसचिवमा प्रकास श्रीस मगर, कोषाध्यक्षमा सहिल मोक्तान तामाङ र सचिवालय सदस्यहरुमा सुजन त्रिपाठी, प्रभात कंडेल, आशिष थापा, अनमोल गुरुङ, दिनेश लामिछाने, दिनेश भुजेल, रविन र चिजा गिरी रहनु भएको छ । यसरी नै कालिका उच्च मावि इकाईको उपाध्यक्षमा पदम रानामगर, सचिवमा दानबहादुर गुरुङ, सहसचिव रोमन गुरुङ कोषाध्यक्ष सञ्जय शाही र सचिवालय सदस्यहरुमा सन्तोष गुरुङ, सन्दिप घर्तीमगर, सिर्जना घर्तीमगर, फेसन राई, अनिता गुरुङ, रविना गुरुङ, प्रतिमा गुरुङ, संजिता गुरुङ, जमुना पौडेल, लिला राई, सिता क्षेत्री, जिवन श्रेष्ठ र सन्तोष लिम्बु रहनु भएको छ । भेलालाई समाजवादी विद्यार्थी फोरमका केन्द्रिय सदस्य चन्द्र तामाङ मुस्कान र सचिवालय सदस्य विशाल गुरुङले समाजवादी विद्यार्थी संगठन, विद्यार्थी हकाधिकार, विद्यार्थीको भुमिकाका बारेमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।


Post a Comment

 
Top