0
गोल्डेन न्यूज संवाददाता
नेकपा एमाले पोलिटब्युरोका बैकल्पिक सदस्य जगत विश्वकर्माले भारत र नेपाली कांगे्रसको चलखेलका कारण केपी ओली नेतृत्वको सरकार विघटन भएको आरोप लगाएका छन् । नेकपा एमाले वडा कमिटी पोखरा–१९ ले बुधवार लामाचौरमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षणको उद्घाटन गर्दै नेता विश्वकर्माले देशको मुहार विस्तारै फेरिदै गएको अवस्थामा सरकार ढालेर देशी विदेशी शक्तिले देशलाई पछाडि धकेलेको आरोप लगाए ।
 
नेता विश्वकर्माले एमाले प्रतिपक्षमा रहेपनि संविधान कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताउँदै राष्ट्रहित विपरितका विषयमा भने कुनैपनि सम्झौता नगर्ने बताए।
सहभागी कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता विश्वकर्माले समृद्ध नेपाल निर्माणका लागी एमालेले अभियान नै चलाएको बताउँदै त्यसलाई सफल बनाउन कार्यकर्ताहरुलाई आग्रह गरे । एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले कार्यकर्ता सवल भएमात्र सबल हुने बताउँदै संगठन र कार्यकर्ता सबल बन्नुपर्नेमा जोड दिए । वडा कमिटीका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सचिवालय सदस्य शोभामोहन पौडेल, क्षेत्र नं. २ का अध्यक्ष जीवन आचार्य, वडा कमिटिका उपाध्यक्ष बलराम पौडेल, सचिव काशीराज आचार्य लगायतले विकास निर्माणमा एमालेले जहिलेपनि अगुवाई गर्ने बताए । कार्यक्रममा जिल्ला सचिव दामोदर बैरागीले संगठन, शोभामोहन पौडेलले पार्टी सञ्चालन र उषा बरुवालले संविधानमा महिला अधिकारका विषयमा प्रशिक्षण दिएका थिए । सोही अवसरमा वडा कमिटीले तीजको शुभकामना सहित महिला अगुवा कार्यकर्तालाई दर समेत खुवाइएको थियो ।



Post a Comment

 
Top