0
गोल्डेन न्यूज संवाददाता
प्रहरी नायव महानिरीक्षक कमलसिंह बमले नेपाल प्रहरी स्थानीय जनतासंग मिलेर समाजमा शान्ति सुरक्षा कायम गर्न तथा विकृति विसंगतिका विरुद्ध जनतासंग प्रहरी सेवा पु¥याउन लागिपरेको बताएका छन्। उनले नेपालमा शान्ति सुरक्षा संगै बढ्दो शहरीकरण र त्यस क्षेत्रको शान्ति सुरक्षालाई स्थानीय जनतासंग मिलेर हल गने उद्देश्यले  सामुदायिक सेवाकेन्द्र स्थापना गरिएको स्पष्ट पारे । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको १५औं साधारणसभा तथा आठांै अधिवेशनको उद्घाटन गर्दै उनले बैदाम क्षेत्र पर्यटनको क्षेत्र भएकाले यहाँ पर्यटकको नाउँमा लागूऔषध कारोबार,चोरी–डकैती र वेश्यावृद्धि हुने हुँदा सामुदायिक प्रहरीसंग मिलेर नेपाल प्रहरीले यस्ता समस्या हल गर्नुपर्नेमा जोड दिए । उनले सेवा केन्द्रहरुले नेपाल सरकारको नियम कानूनभित्र रही सेवा दिइरहेको भन्दै नेपाल प्रहरी जनतासंग नजिक हुन माध्यम  मुस्कान सहितको प्रहरी सेवा भएको बताए । नागरिक समाज र प्रहरी मिलेमा जस्तोसुकै अपराध पनि निरुत्साइत हुने हँुदा नेपाल प्रहरी र नागरिक समाज नङ–मासु जस्तो सम्बन्ध हुनुपर्नेमा उनले जोड दिए । सेवा केन्द्रमा रही सेवा केन्द्रलाई नैतिक, र आर्थिक सेवा गर्नु हुनेहरु एकराज न्यौपाने, पम्फ पहारी, गोबिन्दराज पहारी, थानेश्वर पराजुली, रामराज पहारी, होमबहदुर लामिछाने, चूडामणि पहारी, युक्तबहादुर कुवँर, धर्मसिंह लामिछाने, बलराम गिरी, पश्चिमाञ्चल होटल संघ, शान्ति उमावि भकुण्डे, बालप्रभात प्रावि सेदी बगर, अम्बिका ममता क्लव सेदी बगर, जिल्ला प्रहरी कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कास्की, वडा प्रहरी कार्यालय बैदाम र लिटी डेफल्स बोडिङ स्कूल पामे लगायतलाई सम्मान गरिएको थियो । संस्थाका अध्यक्ष हिरुपुनको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ सामुदायिक अध्यक्ष ज्ञानेन्द्र बजगाइँ, पर्यटन व्यवसायी गणेश बहादुर भट्टराई, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, जिल्ला सामुदायिक सेवा केन्द्रका कास्कीका  अध्यक्ष विष्णुबहादुर भट्टराई, जीवनाथ गौतम, दिपकविर कुवँर, गोविन्दराज पहारी, दुर्गादेवी पहारी, गोमा ढकाल र चेतनारायण पाण्डे,  संस्थाका उपाध्यक्ष मिम पराजुली, सचिव हेमप्रसाद तिमिल्सिना र कोषाध्यक्ष मिना भट्टराई लगायतले  बोलेका थिए ।

Post a Comment

 
Top