0
गोल्डेन न्यूज संवाददाता
श्रीकृष्ण जन्माष्टमीका अवसरमा पोखरामा बिहीवार ठाउँ ठाउँमा कृष्ण भगवानका भजन कीर्तन घन्किए । लामोसमय देखि चलेको यो परम्परा पोखरामा विभिन्न स्थानमा पनि दिनभरी जसो भजनकीर्तन घन्किएका थिए । यसैक्रममा सत्य सेवा आमा समूह तथा नागेश्वर भजन समूहले बाँझापाटन, काहुँखोला–१३ ले १२ औं अखण्ड हरिनाम संकृतन कार्यक्रम गरेका छ । श्रीकृष्ण जन्माष्टमीको दिन लगातर १२ घण्टा भजनकीर्तन गर्नाले हाम्रो संस्कृतिको महत्व बढ्दै जाने सत्य सेवा आमा समूहका अध्यक्ष शान्ति देवी सिग्देलले वताईन । जन्माष्टमीका यो कार्यक्रमलाई सदैव निरन्तरता दिने अध्यक्ष सिग्देललने भनिन् । विहान साढे सात बजेदेखि वेलुका साँढे सात बजेसम्म अनावरत रुपमा कीर्तन गरिएको सत्य सेवा आमा समूहका कोषाध्यक्ष जमुना श्रेष्ठले बताइन ।  भक्तजनले भगवान् श्रीकृष्णको पूजाआजा गर्नुको साथै दिनभरी भजनकीर्तन गरेर आत्मदेखि खुसी भएका समाजसेवी कुमार केसीले भने । यसैगरी श्रीकृष्ण जन्माष्टमीको दिन राधाकृष्ण मन्दिर सेवा समिति विपिमार्ग–१३ ले विहानैदेखि कृष्णको पूजा गर्नुको साथै भगवान कृष्णको पूजा गरेको समितिका अध्यक्ष योगेन्द्र श्रेष्ठले बताए । समितिले वेलुका चार वटा राधिका, एक जोक्कर र एक कृष्णको रुपमा नचाइने अध्यक्ष श्रेष्ठले बताइन । यस्ता कार्यक्रमले हाम्रो संस्कृति जगेर्नामा ठूलो सहयोग पुग्ने समितिका सचिव राजेन्द्र भण्डारीले बताए ।
 
यसैगरी श्रीकृष्ण जन्माअष्टमी को अवसर पारेर लेखनाथको सहेलापाखामा रहेको राधा कृष्णबृद्ध तथा बाल आश्रममा आएका अनन्त विभूसित १००८ स्वामी सिद्धवावालाई लेखनाथमा सामुहिक रुपमा सम्मान गरिएको छ।आश्रममा राखिएको कार्यक्रममा  लेखनाथ बासीहरुको तर्फबाट लेखनाथ नगपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले स्वागत तथा सम्मान गरेका हुन्। कार्यक्रममा बोल्दै सिद्धवावाले भगवान कृष्ण कुनै एक विशेष सम्प्रदायका मात्र नभई सम्पूर्ण सृष्टिको रक्षार्थ भगवानको रुपमा आएकाले सत विचार,सत कर्म र सत मार्गबाट जो अगाडि बढ्छ उसले सफलता पाउने बताएका थिए । लेखनाथको शिशुवाचोकबाट सुरु भएको शोभायात्रा पछि सामुहिक रुपमा सम्मान गरिएको हो।














Post a Comment

 
Top