0
गोल्डेन न्यूज संवाददाता
पोखरा उपमहानगरपालिका वडा नं. ४, चिप्लेढुङ्गास्थित सुनौलो विल्डिङमा रहेको दौतरी दोहोरी साँझले विशेष सांगीतिक कार्यक्रमका साथै विविध कार्यक्रम आयोजना गरि आफ्नो १६औं वार्षिकोत्सव मनाउने भएको छ । दोहोरीले भदौ २१ देखि २५ गतेसम्म विशेष कार्यक्रम गरी वार्षिकोत्सव मनाउने संचालक एवं विशेष सांगीतिक कार्यक्रमका संयोजक वीरेन्द्र केसीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । केसीका अनुसार वार्षिकोत्सवमा दोहोरी साँझ स्थापना गरेका संस्थापकमध्येबाट यामबहादुर गुरुङ, दौतरी दोहोरी साँझमा गाइने स्वागत गीतका रचनाकार तारापति सुवेदी, पत्रकार माधव बराल र हेमराज अधिकारीलाई सम्मान गरिनेछ । त्यसैगरी, दोहोरी साँझमा नियमित रुपमा गीत गाउने कलाकारबाट केशव देवकोटा, नियमित रुपमा वाद्यवादन गर्नेबाट अशोक गायक र पुराना कर्मचारी रञ्जु बानियाँलाई सम्मान गरिनेछ। वार्षिकोत्सवको अवसरमा राष्ट्रिय कलाकारको पनि प्रस्तुति रहने सञ्चालक दीपक न्यौपाने जानकारी दिए।
उनका अनुसार वार्षिकोत्सवको अवसरमा प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, वद्री पंगेनी, पशुपति शर्मा, शर्मिला गुरुङ, कुमार पुन, प्रिति आलेमगर, तारापति सुवेदी, जीवन दाहाल, शंकरविरही गुरुङ, माया गुरुङ, चन्द्रा कार्कीका साथमा नियमित कलाकारहरू केशव देवकोटा, निशा पोख्रेल, कमला गैह्े, लक्ष्मी बानियाँ, राज गुरुङ, ज्ञानु गुरुङ, सुरेश गुरुङ, रामकृष्ण गायक, नवीन गायक, अशोक गायक, विनु ल्वागुन, उमा चौधरी, किरण गुरुङ, र रमा नपालीको प्रस्तुति रहनेछ। २०५८ सालमा याम गुरुङ, पाण्डु श्रेष्ठ र खेम भण्डारीले स्थापना गरेको दोहोरी साँझ अहिले वीरेन्द्र केसी, दीपक न्यौपाने र निर्मल भण्डारीले नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेका छन्।

Post a Comment

 
Top