0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगरपालिकामा छिमेकी पाँच गाविस र कालिका र माझठाना गविसका केही भागहरुलाई समाहित गराएर लेखनाथ उपमहानगरपालिका बनाउने प्रस्तावलाई अघि सारिएको छ। राज्य पुनःसंरचनाका सम्वन्धमा लेखनाथमा संघीय पुनःसंरचना प्राविधिक सहयोग समितिको कार्यशर्त मापदण्ड सम्वन्धी अभिमुखीकरण कार्यक्रमका अधिकांश सहभागीहरुले लेखनाथ नगरपालिका आसपासका गाविसहरुलाई भौगोलिक र ब्यवहारीकतालाई आधार मानी उपमहानगरपालिका बनाउने प्रस्तावलाई अघि सारेका हुन्। संघीय पुनःसंरचना प्राविधिक सहयोग समितिका सदस्य तथा जिल्ला प्राविधिक कार्यालय कास्कीका प्रमुख ईन्जिनियर नारायणप्रसाद श्रेष्ठले प्रस्तुत गरेको संघीय संरचना माथि छलफल गरि छिमेकी गाविसका सम्वन्धित गाविस सचिवहरुले गाउँ स्तरीय भेला गरि भएका निर्णणहरुलाई प्रस्तुत गर्दै लेखनाथ नगरपालिकामा समाहित हुने घोषणा गरेका थिए। कार्यक्रममा सिद्ध गाविसका गाविस सचिव रामचन्द्र पौडेल, थुम्की गाविसका रामचन्द्र भण्डारी, हंसपुर गाविसका यदुराम ढकाल, रुपाकोट गाविसका कुलप्रसाद पौडेल र देउराली गाविसका कमल बहादुर खड्काले आप्mनो गाविसहरुमा भएको सर्वपक्षीय भेलाको निर्णय सुनाउँदै आफूहरु भैसे गाउपालिका केन्द्रमा नगई लेखनाथ नगरपालिकामा समाहित हुने निर्णय प्रस्तुत गरेका थिए। कार्यक्रममा कालिका गाविसले वडा नं १ देखि ५ सम्म र माझठाना गविसको पानी डोलोलाई आधार मानि लेखनाथ नगरपालिकामा समाहित गराउँदा ब्यवहारिक हुने सुझाव राख्दै लेखनाथ नगरपालिका लाई उपमहानगरपालिका बनाउनुपर्नेमा जोड दिएका थिए। संघिय पुनसंरचना प्राविधिक सहयोग समितिका सदस्य ईन्जिनियर नारायण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकवहादुर भण्डारीले र लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले छिमेकी गाविसहरुले लेखनाथ नगरपालिकामा समाहित हुने जुन ईच्छा देखाएका छन् त्यो स्वागत योग्य काम भएको भन्दै विकास निर्माण र क्षेत्र निर्धारणलाई सहमति र सहकार्यमा अगाडि बढाउन सकिने धारणा राखेका थिए। कार्यक्रममा स्थानीय स्तरका राजनीतिक पार्टीका प्रतिनिधि तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले गाउँपालिकाको संख्या बृद्धिदेखि राज्य पुनःसंरचनाले ल्याएको खाका ब्यवहारिक नभएको हँुदा यसलाई सच्याउनु पर्ने सुझाव राखेका थिए। उक्त अवसरमा हंसपुर गाविसबाट आएका सहभागीहरुले कार्याक्रम स्थलवाहिर नारा जुलुस प्रर्दशन गर्दै हंसपुरलाई भैसे गाउँपालिका केन्द्रमा नभई लेखनाथ नगरपालिकामा मिसाउनु पर्ने माग प्रस्तुत गरेका थिए।




Post a Comment

 
Top