0
गोल्डेन न्यूज संवाददाता
पश्चिमाञ्चलको नम्वर वान भन्दै दावी गरिएको स्याङ्जा वालिङ स्थित उपकार वचत तथा ऋण सहकारी संस्था लि. आफ्नै जिम्मेवार पदाधिकारीहरु र संचालक हरुकै गिद्धे दृष्टि परेपछि संकटमा परेको छ। ऋण लगानीमा अपारदर्शी कार्यशैली अपनाएर विना धितो र कमजोर धितोलाई मोटो रकम ऋण दिलाएर सहकारी संस्थालाई दोहन गरेर खान र खुवाउन पल्केकाहरुको नयाँ कर्तुतहरु सार्वजनिक हुन थालेका छन्। वालिङमा नेकपा एमालेको कित्तामा राजनीति गर्दै आएका पूण्य अर्याल समाज सेवाको वाक्लो पछ्यौरामा लपेटिएका पात्र हुन् तर उनले गरेको काम र व्यवहार शंकाको घेरामा रहेको प्राप्त प्रमाणहरुवाट सहजै वुभ्न सकिन्छ। अदुवा प्रशोधन केन्द्र वालिङ–३ को संस्थालाई थेग्नें नसक्ने गरि ऋण दिने मात्र हैन संस्थालाई प्रयोग गरेर अर्को गैह्र सरकारी संस्थावाट समेत अनियमित तवरवाट लिएको रकम फिर्ता गर्न वाध्य भएको उपकारका अध्यक्ष समेत रहेका पूण्य अर्यालले विना योजना र आधारमा अनियमित पेश्की लिएको पाइएपछि तत्काल रकम फिर्ता गर्न वाध्य भएका थिए।  आफै अध्यक्ष रहेका पूण्य अर्यालले सहकारीको निति र सिद्धान्त विपरित मनोमानी ऋण लिने अर्यालको अर्को काण्ड खुलासा भएको छ। आफ्नो नाममा रहेको एउटा जग्गा लाई धितो राखेर नाता पर्ने व्यक्ति दुर्गा अर्यालको नाममा ऋण  लिने र रकम आफैले खर्च गर्ने गरेको कागजपत्र  यस साप्ताहिक पत्रिकालाई प्राप्त हुन आएको छ। पूण्य प्रसाद आर्यालले आफ्नो नाममा दर्ता श्रेस्ता रहेको बाके जिल्ला गनापुर गा.वि.स. वार्ड नं ६ स्थित कि.नं. ९९ क्षेत्रफल ०÷६७७२ को जग्गा उपकार सहकारी वालिङमा धितो वन्धक राखी दुर्गा देवी अर्यालको नाममा ऋण प्रवाह गरेको देखिन्छ। वाके मालपोत कार्यालयले आफ्नो च.नं. ३२२ मिति २०७३÷४÷१३ को पत्रमा उक्त विवरणको जग्गा ०६३÷४÷२२ वाट रोक्का राखेको र २०६३÷४÷२२ गतेको च.नं. ३१ को पत्रवाट फुकुवा रहेको व्यहोरा खुलाएर पत्र लेखेको छ। मालपोत कार्यालयको च.नं. ३२२ को पत्र आफैमा रहस्यको घेरामा परेको छ। सहकारीका अध्यक्ष पूण्य प्रसाद अर्यालको मालपोत कार्यालयवाट ल्याएको फुकुवाको कागज समेत नक्कली हुन सक्ने आशंका उव्जिएको छ। नक्कली फुकुवा पत्र ल्याएर उक्त धितोको जग्गा ३–४ ठाउंमा विक्री वट्टा भइसकेको वुझिन आएको छ। उक्त धि.नं. ९९ को जग्गा वाके जिल्लावाट २०६३÷९÷१७ गते फुकुवा ल्याएर ०६३÷९÷२१ गते वीरगंज घर भई नेपालगंज बस्ने राजकुमार मारवाडी लगायतको समूहलाई विक्री भएको देखिन्छ भने सोही जग्गा ०६५÷९÷३ गते सुरेन्द्र कुमार श्रेष्ठ समेतलाई विक्री गरेको छ। जवकी सोही जग्गाको फुकुवा गरिदिने उपकार वचत तथा ऋण सहकारी संस्थाले १० वर्ष पछि अर्थात २०७३÷४÷९ गते मात्र मालपोत कार्यालय वाकेलाई फुकुवा गरिदिने वारे पत्राचार गरेको छ। सोही जग्गा धितो राखी जारी भएको कर्जा नविकरण गरि पाँउ भन्दै २०७३÷०३÷१९ गते ऋणि दुर्गा अर्यालले उपकार सहकारीमा दाया वाया औंठा छाप लगाएर निवेदन गरेकि छन्।  उक्त जग्गा प्रकरणमा उपकार सहकारीले मालपोत कार्यालय वाकेमा आफ्ना प्रतिनिधि मोहन खाणलाई दस्तखत नमूना समेत राखेर २०७३÷४÷२२ गते पत्राचार गरेको पाइएको छ। उपकारवाट २० लाख ऋण लिन वाके जिल्ला गनापुरको कि.नं. ९९ को धरौटी राखिएको जग्गा सोही सहकारीका अध्यक्ष समेत रहेका पूण्य प्रसाद अर्यालले २०६३ पुषमै ल्याएको किर्ते फुकुवा पत्र र जग्गा वेचविखन गरिनुलाई बैंक ठगि प्रकरण संग जोडेर हेर्न थालिएको छ। उपकार सहकारी डुवाउने अभियानमा यो एउटा गज्जवको नमुना वनेको छ। जनताको २÷४ पैसा सेयरवाट जम्मा भएको वचतमा अध्यक्ष पुण्य अर्याल जस्ता अगुवा ठूलवडाले लुटुपुटु पार्ने अवस्था सिर्जना गराएको छ। सर्वसाधारण जनताको पसिनामा पौडी खेलेर रमाउने उपकार सहकारीका पदाधिकारीहरुले पछिल्लो समयमा सहकारीको ऋण फिर्ता गरेको खबर प्राप्त भएको छ। यो प्रकरण राज्यका निकायले निष्पक्ष छान विन गरिनु आवश्यक औल्याइएको छ।

Post a Comment

 
Top