0
पोखरा उद्योग वाणिज्य संघको आगामी ३१ औ अधिवेशनमा कर्पोरेट सदस्यको तर्फबाट कार्यसमिति सदस्यमा नरेन्द्र बास्तोलाले उमेदवारी दिने भएका छन । यही भदौ ३१ र असोज १ गते हुने व्यापारीहरुको साझा संस्था पोखरा उद्योग वाणिज्य संघको ३१औं अधिबेशनमा कर्पोरेट सदस्यको तर्फबाट पद्म नर्सिङ होम प्रालिका बाँस्तोलाले उम्मेदवारी दिने भएका हुन् । बाँस्तोलाले केही दिन अगाडि आफ्नो फेसबुक वालमा यो पटकको ३१औं अधिवेशनमा आफूले संघको कर्पोरेट सदस्यका तर्फबाट कार्यसमिति सदस्यमा उमेदवारी दिने घोषण गरेका थिए । नयाँ सदस्यको रुपमा उमेदवारी दिन लागेका बाँस्तोला पोखराको न्यूरोडमा रहेको पद्म नर्सिङ होम प्रालिका व्यवस्थापक हुन भने पोखरा त्रिबेणी डेरी तथा जैविक कृषि उद्योग प्रा.लि. पोखरा–१५ टुटुङ्गाका अध्यक्ष, नरेन्द्र मिडिया एण्ड काम्युनिकेशन प्रालिका अध्यक्ष, निजि अस्पतालहरुको छाता सङठन अफिनका केन्द्रीय सदस्य तथा गण्डकी–धौलागिरी सचिव, नेपाल मानव अधिकार संगठनका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल क्षेत्रीय संयोजक, लेखनाथ जेसीसको पूर्व अध्यक्ष, हर्ट टु हर्ट कास्कीको सचिव, रोटरी क्लव अफ न्यूरोडको सदस्य समेत रहेका छन ।




































Post a Comment

 
Top