0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा बैदामको अध्यक्षमा भिम पराजुली सर्वसम्मत चयन भएका छन । संस्थाको १६आंै साधारण सभा तथा आठौं अधिवेशनले पराजुलीको अध्यक्षतामा आमन्त्रित सहित २० सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको संस्थाका कानुनी सल्लाहकार तथा निर्वाचन अधिकृत ज्ञानेश्वर पराजुलीले जानकारी दिए। संस्थाको उपाध्यक्षमा मिना भट्टराई, सचिव चेतनारायण पाण्डे, कोषाअध्यक्ष सुशिला पहारी र सह–सचिबमा गंगा लामिछाने चयन भएका छन ।  सदस्यहरु नारायण सुवेदी, दिपेन्द्र पहारी, कासिराम भट्टराई, शेषकान्त शर्मा, उमा रेग्मी भण्डारी, शारदा भट्टराई, हरिराज पहारी, रमा लामिछाने, रमेशराज पहारी, गोविन्द प्रसाद शर्मा पौडेल, तुलसी दहाल, दोर्जे तामाङ, दिनदयाल पाण्डे, विष्णु प्रसाद सुबेदी र विण्णु सिंखडा चयन भएका छन । नवनिर्वाचित अध्यक्ष पराजुली संस्था गरेका उत्कृष्ट काम लाई निरन्तरता दिंदै जाने बताउँदै यस क्षेत्र पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने विकृति विसंगति न्युनिकरण गदै जाने भन्दै नेपाल प्रहरी सग हाते मालो गर्दै यस क्षेत्रमा हुने जुवातास नियन्त्रण गर्ने, वेश्या वृद्धि न्युनिकरण गर्ने र चोरी डकैति  नियन्त्रण गर्ने प्रतिबद्धता साथै फेवा ताल सरसफाईमा नयाँ कार्यक्रम ल्याइने बताए । कार्यक्रममा कानूनी सल्लाहकार ज्ञानेश्वर पराजुली, संस्थापक अध्यक्ष मंगल नेपाली, सामुदायिक सेवा केन्द्र जिल्ला अध्यक्ष विण्णु बहादुर भट्टराई, नेपाली कांग्रेस बैदामका इकाई सभापति बलराम गिरी, सल्लाहकार तेजनारायण अधिकारी, पर्यटन ब्यवसायी तथा सल्लाहकार बासु त्रिपाठी र समाजसेवी जगत बहादुर पहारी लगायतका बक्ताहरु ले यस संस्थाले बैदाम क्षेत्रको शान्ति सुरक्षा लगायत यस क्षेत्रमा हुने हरेका गतिविधिमा सेवा केन्द्र अग्रसर हुन आग्रह गर्दै नव निर्वाचित कार्यसमितिलाई पूर्ण सफलताको कामना सहित आफ्ना भनाइहरु राखेका थिए । कार्यक्रमा निर्वाचन अधिकृत ज्ञानेश्वर पराजुलीले निर्वाचित पदाधिकारीहरु लाई सपथ ग्रहण गराएका थिए भने निर्वतमान अध्यक्ष हिरु पुनले स्वागत मनतब्य राखेकी थिइन ।










Post a Comment

 
Top