0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा फेवा फिस्टेल सिटीको चौंथो पदस्थापन तथा चार्टर नाइट कार्यक्रम सम्पन्न भएको छ । सोमबार विशेष कार्यक्रम गरी लायन बर्ष २०१६÷१७ का पदाधीकारीहरुले पदस्थापन गरेका हुन् । कार्यक्रममा प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत भीम बहादुर कुवँरले लायन्स क्लवहरुले सामाजिक काम मार्फत सरकारको सहयोगी बनेको बताए । सरकारले गर्नुपर्ने काम लायन्स क्लवहरुले गर्दै आएका छन्, त्यो स्वागतयोग्य छ, उनले भने–हामी पुग्न नसकेका ठाउँमा यस्ता क्लवहरुको उपस्थिती छ, यसले सामाजिक भावना विकास हुँदै गएको छ । सरकारका सहयोगीलाई सरकारले पनि सहयोग गर्नुपर्ने भन्दै उनले आँफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । लायन्स क्लव इन्टरनेशनल ३२५ वी १ नेपालका डिस्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटीले डिस्ट्रिक्टको लक्ष्य अनुसार कार्यक्रम गरेर उत्कृष्ट बन्न आग्रह गरे । विशेषगरी भूकम्पपीडित क्षेत्रमा संरचना निर्माण र आवश्यक सहयोग गर्न यो बर्ष बढी ध्यान केन्द्रित हुने उनको भनाई छ । पूर्व डिस्ट्रिक्ट गभर्नर धु्रव बहादुर थापाले क्लवले अघिल्ला बर्षहरुमा निकै उत्कृष्ट काम गरेको भन्दै यसलाई निरन्तरता दिन आग्रह गरे । पदस्थापन पछि बोल्दै क्लवका अध्यक्ष ई. सुरेन्द्र पौडेलले सबैको सहयोगबाट क्लबका गतिविधिहरुलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे । सामाजिक क्षेत्रमा हाम्रो क्लबले पु¥याएका योगदानहरु महत्वपूर्ण छन्, उनले भने–मेरो कार्यकालमा सामाजिक गतिविधिलाई अझ बढी प्रभावकारी ढंगले सञ्चालन गर्नेछौं । उनले संयोजक सहित तोकेर आगामी बर्ष सञ्चालन गर्नेगरी विभिन्न सामाजिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए ।सोही अवसरमा क्लवले स्थापना गरेको नयाँ क्लव फेवा सिटी हस्तान्तरण समेत गरिएको थियो । ४ बर्षअघि स्थापना भएको क्लवले प्रत्येक बर्ष एक÷एक वटा नयाँ क्लव समेत स्थापना गरेर हस्तान्तरण गर्ने गरेको छ । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ को सबैभन्दा ठूलो क्लब हो । क्लवका अध्यक्ष ई. सुरेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सावित्री भट्टराईले गरेकी थिईन् ।





Post a Comment

 
Top