0
गोल्डेन न्यूज संवाददाता
केही दिनदेखि पोखरामा भैरहेका महिला हिंसा तथा जातीय विभेद सम्बन्धी विभिन्न घटनाहरुमा नागरिक समाजको सञ्जाल तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) क्षेत्रीय कार्यालय पोखरा कास्कीले गम्भीर चासो व्यक्त गर्दै कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।  स्याङ्जा पौवेगौडे माइती घर भइ पोखरा–८ बस्ने सोनम रेग्मीसँग स्याङजा किचनास गाबिसका सञ्जिव बहादुर नेपालीले प्रेम विवाह गरेको र घर परिवारले स्वीकार नगरेको अवस्थामा पोखरामा आइ बसेकामा पे्रमिका सञ्जीव बहादुरले सोनम बसेको कोठामा आइ खुकुरी प्रहारबाट हत्या गरी आफूपनि विष सेवन गरी आत्महत्या गरेको घटनाले सञ्जालको गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ । पारिवारिक सम्बन्धको अधिकार ब्यक्तीको निजी र बैयक्तिक अधिकार रहेको अबस्थामा अन्तरजातीय विवाह भएकै कारण मृत्युवरण गर्नुपर्ने अवस्थाप्रति कसरी समाजको सकारामक सोच विकास गर्ने ? भन्ने बिषय चुनौतिको रुपमा रहेको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ ।  आगामी दिनहरुमा समाजमा हुने यस प्रकारका अन्तर्जातीय विवाहलाई सर्वस्वीकार्य समाजिक मान्यताको रुपमा स्थापित गर्न समाजले हरेक कोणबाट योगदान गर्नुपर्ने अवस्थामा तल्लो जाति र उपल्लो जाति बीच भएको विवाहका कारण हुने गरेको पारिवारिक हिंसाले सिंगो समाजलाई नकारात्मक दिशातर्फ उन्मुख गराएको पत्रमा उल्लेख छ । यसको निराकरणका लागि समाजका सबै पक्ष गम्भीर हुनुपर्ने भन्दै यसप्रकारका हिंसाजन्य घटनाहरु दोहोरिन नदिन तथा कास्कीको भदौरे, तामागी, सल्यान, पोखराको बगर, लगायतका स्थानहरुमा भैरहेको जातीय हिंसाका घटनाहरुले दलित तथा गैर दलितहरु बीचको विभेदपूर्ण ब्यवहार समेतमा सञ्जालको गम्भीर ध्यानाकर्षण भएको भन्दै सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाउन यस प्रकारको विभेदका घटनाहरु नगर्न नगराउन सबैमा ध्यानाकर्षण पत्रमार्फत अपिल गरिएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र
(इन्सेक) पश्मिाञ्चल क्षेत्रीय संयोजक शिव खकुरेल, शान्तिका लागी नागरिक समाजको सञ्जाल संयोजक सरला कुमारी पाण्डे, गैसस महासंघका केसु भुजेल, जनआन्दोलन शहिद परिवार तथा घाइते समन्वय समितिका अध्यक्ष ढाकाराम पौडेल, सञ्जालका पूर्व संयोजक खगराज आचार्य, इन्सेक जिल्ला प्रतिनिधि बिष्णु अधिकारी, सयपत्री समाजका सचिव गिरधारी सुवेदी, मानव अधिकार एलायन्सका अध्यक्ष रामचन्द्र पौडेल उपाध्यक्ष जानकी शर्मा, पत्रकार श्यामनाथ कुँवर लगायतले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र बुभ्mदै सहायक प्रमुख जिल्ला अधिकारी झलकराम सुबेदीले महिलाहत्या तथा जातीय हिंसा बढेकोप्रति सरकार संवेदनशिल रहेको छ यस्ता प्रकृतिका घटनाहरुको न्यूनिकरणका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।






Post a Comment

 
Top