0
पोखरा २३ साउन ।लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालको  लायन वर्ष २०१५/१६ मा  उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरुलाई सम्मान गरेको छ । उक्त सम्मान उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ ले गरेका थिए । कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले समाजसेवामा लायन्सको योगदान महत्वपूर्ण रहेको स्पष्ट पारे । समाजसेवा गाह्रो काम भएपनि लायन्सले विना स्वार्थ समाजसेवाको क्षेत्रमा गरेको कार्यप्रति प्रशंसा गरे । ब्लड बैंक स्थापनाको पहल, हर्टकेयर सेन्टर स्थापना, भूकम्प पीडितलाई राहत प्रदान, निःशुल्क एम्बुलेन्स वितरण तथा लाखौं बालकालिकाहरुलाई दादुरा रुवेला विरुद्धको खोप अभियान लगायत थुप्रै महत्वपूर्ण कामहरु सरकारको तर्फबाट हुनुपर्ने भएपनि लायन्सबाट हुनु मुलुक र नेपाली जनताका लागि सर्वोत्कृष्ट काम भएको उनले बताए । सबै
नेपालीमा सेवाको भावना जाग्नुपर्नेमा जोड दिंदै उपराष्ट्रपति पुनले आफू पनि एकमुठी प्राण रहँदासम्म देश र जनताको सेवामा समर्पित हुने प्रतिवद्धता जनाए । लायन वर्ष २०१५/१६ का डिष्ट्रिक्ट गभर्नर धु्रबबहादुर थापाले आफ्नो कार्यकालमा डिष्ट्रिक्टलाई सफल बनाउन योगदान पु¥याइ सम्मानित हुनेहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गर्दै लायन्सको गरिमालाई कायम राख्न यस्ता सहयोग अझै खाँचो रहेको स्पष्ट पारे ।
वेष्ट लायन्स अफ दी इयर (२०१५/१६) मा डिष्ट्रिक्ट को–चिफ एड्भाइजर ईन्दु लम्साल, मेक अ डिफ्रेन्स अफ दी इयर चिफ एनएलएफ महेन्द्र पौडेल, मोष्ट एक्टिभमा मन रोक्का, बेष्ट क्लब अफ दी डिष्ट्रिक्ट लायन्स क्लब अफ काठमाडांै सामाखुसी, बेष्ट लेडी लायन्स क्लब अफ दी डिष्ट्रिक्ट लायन्स क्लब अफ पोखरा सेती गण्डकी, बेष्ट प्रेसिडेण्ट अफ दी डिष्ट्रिक्टमा लायन्स क्लब अफ काठमाडांै सामाखुसीका विनय अग्रवाल र काठमाडौ गोगंबुका सुनिल श्रेष्ठ घोषित भए। कार्यक्रममा लायन वर्ष २०१५/१६ मा महत्वपूर्ण सहयोग गर्ने प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर बालकृष्ण बुर्लाकोटी, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर धनराज आचार्य, क्याविनेट सेक्रेटरी विश्वेश्वर आचार्य, क्याविनेट ट्रेजरर प्रजापति बाँस्तोला, डिष्ट्रिक्ट चिफ एड्भाइजर अशोक श्रेष्ठ, डिष्ट्रिक्ट फस्ट लेडी मिलन थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष बिन्दुकुमार थापालाई विशेष सम्मान सहित अवार्ड प्रदान गरिएको थियो । उनीहरुलाई गभर्नर ध्रुवबहादुर थापाले सम्मान गरेको जिन चियर पर्सन दुर्गा हुमागाइँले जानकारी दिए। 
कार्यक्रममा गभर्नर थापा, लायन्स इन्टरनेशनल डाइरेक्टरद्वय संजय खेतान, विजय कुमार राजु, पूर्व मल्टिपल काउन्सिल चियरपर्सनहरु राजन लम्साल, गिरिधारी शर्मा, दिपक श्रेष्ठ लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Post a Comment

 
Top