0
गोल्डेन न्यूज संवाददाता
युनाइटेड क्लव पोखराले आफ्नो पदाधिकारीहरुलाई नेतृत्व विकास र सार्वजनिक वोलाई विषयक तालिम प्रदान गरेको छ । पोखरामा रहेको युनाइटेड क्लवले पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा दुई दिने तालिम प्रदान गरेको हो । तालिममा क्लवका पदाधिकारीहरु को सहभागिता रहेको थियो । तालिममा तनहुँका सञ्चारकर्मी तथा राष्ट्रिय युवा महासंघ तनहँुका अध्यक्ष पवन पौडेल र न्यू डेष्टिनी सेन्टर तनहुँका अध्यक्ष सुमन श्रेष्ठले सहजीकरण गरेका थिए । तालिममा सहजीकरण गर्दै सञ्चारकर्मी तथा राष्ट्रिय युवा महासंघ तनहँुका अध्यक्ष पवन पौडेलले तालिममा सिकेका कुरालाई ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।
सहजकर्ता न्यू डेष्टिनी सेन्टर तनहुँका अध्यक्ष सुमन श्रेष्ठले नेतृत्व विकासका लागि सर्वप्रथम जनमानसलाई आपूmतिर केन्द्रित गर्नतर्फ ध्यान दिनुपर्ने बताए । कोही पनि मानिस जन्मजात केही कुरा जानेर नआउने भन्दै कुनैपनि सिकाईलाई ब्यवहारमा उतार्न सके सफल ब्यक्तित्व बन्ने उनको भनाइ रहेको थियो । तालिममा सहभागी क्लवका पदाधिकारी लोक बहादुर थापाले तालिमबाट आफूले धेरै कुरा सिकेको वताए । यस्ता तालिमले आफूहरुलाई अझै निर्धक्क सात मञ्चमा बोल्न सक्ने वातावरण सिर्जना हुने उनको भनाइ रहेको थियो । दुई दिने तालिमले आफ्नो क्लवका पदाधिकारीहरुलाई बोल्ने कलाको बारेमा थोरै भएपनि जानकारी दिन आफूहरु सफल भएको क्लवका अध्यक्ष हिमालय बख्रेलले बताए ।









Post a Comment

 
Top