0
गोल्डेन न्यूज संवाददाता
मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम) कास्कीले सोमबार देखि बैदेशिक रोजगारीमा जाने हरुका लागि लक्षित गरी जनचेतना जगाउने उद्देश्यले बैदेशिक रोजगार कानून सम्बन्धी तीन दिने प्रशिक्षक प्रशिक्षण तालिम शुरु गरेको छ । कार्यक्रमका पिपुल्स फोरमका सल्लाहकार तथा प्रमुख प्रशिक्षक अधिबक्ता सोम लुईटेलले बैदेशिक रोजगारीको बर्तमान अवस्था, बैदेशिक रोजगार ऐन २०६४, मानवबेचबिखन तथा ओसारपसार सम्बन्धी ऐन २०४३ का बारेमा जानकारी गराएका थिए । उनले बैदेशिक रोजगारीमा हुने ठगी, मानव तस्करी र आप्रवासी कामदारलाई बिदेशमा गरिने ब्यवहार र आप्रवासी सम्बन्धी महासन्धी, आप्रवासी कामदारलाई सम्बोधन गर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन्हरु बारे चर्चा गरेका थिए । सो अवसरमा पिपुल्स फेरमका उपाध्यक्ष अधिबक्ता रुद्र नेपालले बैदेशिक रोजगारीमा जादा श्रम स्विकृति लिएर जानु पर्ने, सरकारद्वारा मान्यता प्राप्त म्यानपावर कम्पनी मार्फत जानु पर्ने, वैदेशिक रोजगारीका लागि जादा श्रम सम्झौता गरेर मात्रै जानका लागि जानकारी दिए।  सो अवसरमा उनले बैदेशिक रोजगारीबाट समुदाय र परिवारमा राम्रा र नराम्रा दुवै खाले असर परेको बताए । बैदेशिक रोजगारीका लागि हाल सम्म नेपालबाट औपचारिक रुपमा करिब ४३ लाख भन्दा बढी बिदेश गएको सरकारी तथ्याङ्कले देखाएको छ ।  त्यसैगरी अनौपचारिक रुपमा जानेहरुको संख्या पनि धेरै नै रहेको छ । नेपालको एक तिहाई अर्थतन्त्र बैदेशिक रोजगारीबाट प्राप्त आमदानी (रेमिटान्स) ले धानेको नेपाल राष्ट्रबैकको तथ्याङ्कले देखाएको छ । कार्यक्रममा पिपुल्स फेरम कास्कीका कानुनी सहायता अधिकृत अधिबक्ता भुवन पराजुली काफ्लेले प्रशिक्षणको औचित्य बारे प्रकाश पारेका थिए ।  कार्यक्रममा पोखराका बिभिन्न गाबिस र नगरपालिका तथा उपमहानगरपालिका गरेर ३१ जना प्रशिक्षार्थीहरुको उपस्थिति रहेको छ ।  

Post a Comment

 
Top