0
गोल्डेन न्यूज संवाददाता
युवा व्यवसायी महेन्द्र गुरुङले  सामुदायिक सेवा केन्द्र बैदामलाई कम्प्युटर हस्तान्तरण गरेका छन् । आइतबार एक कार्यक्रमका वीच वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारी र सामुदायिक प्रहरी सेवा केन्द्र बैदामका अध्यक्ष भीम पराजुलीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।  कम्प्युटर हस्तान्तरण गरेपछि  बोल्दै गुुरुङले आप्mनो विगतलाई बिर्सदै सामाजिक क्षेत्रमा क्रियाशिल हँुदै अगाडि बढेको बताए । ‘पहिला मैले रक्सी चुरोट खान्थे । तीन वर्षदेखि खान छाडे । यस्तो कुलतले आफनो स्वास्थ्यमात्रै हैन, समाजनै विगारदो रहेछ ।’ रक्सी, चुरोटमा खर्च हुने पैसाले कोही खुशी बन्न सक्छ भन्ने उद्देश्यले सामाजिक क्षेत्रमा उक्त रकम खर्च गर्ने गरेको छु–उनले भने ।  त्यस्तै केन्द्रका कामलाई व्यवस्थित रुपमा र डकुमेन्टेसन सहज होस भन्ने उद्देश्यले परिवर्तन समाज नेपालका अध्यक्ष शान्ति गुरुङ ल्यापटप हस्तान्तरण गरिन् ।  उनले संस्थाका गतिविधि लाई ब्यवस्थित र सुरक्षित गर्न आफूले ल्यापटप हस्तान्तरण गरेको बताइन् । कार्यक्रममा बोल्दै वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक मोहनमणि अधिकारीले प्रहरी र जनता बीच सहकार्य आवश्यक रहेको बताए । उनले लेकसाईड पर्यटकीय क्षेत्र भएकाले सुरक्षित बनाउनुपर्ने र त्यसका लागि प्रहरी र जनता बीच समन्वयको खाँचो रहेको बताए । सामुदायिक जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष विष्णुबहादुर भटराईले समाजमा रहेका विकृति र विसंगति नियन्त्रणका लागि क्रियाशिल रहेपनि कुनै आर्थिक स्रोत नभएको बताउँदै यस्तै सहयोगदाताहरुको सहयोग बाट संचालन हुने गरेको बताए । उनले केन्द्रले राम्रो काम गरेपछि सहयोग आउने हुँदा सबैसंग समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । सामुदायिक सेवा केन्द्र बैदामका उपाध्यक्ष मिना भट्टराईले नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसरमा १ दिने तीज महोत्सव गर्न लागेको जानकारी दिइन् । उनले महोत्सवलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्न सवैसंग आग्रह गरिन । उनले एक दिने तीज मेलाबाट बचत रकमले फेवातालको संरक्षणमा खर्च गरिने बताइन । फेवातालको सुन्दरतालाई कुरुप बनाउने जलकुम्भी झार फाल्न बचत रकम खर्च गरिने छ उनले भनिन ।
कार्यक्रममा सामुदायिक जिल्ला समन्वय समितिका अध्यक्ष विष्णुबहादुर भट्टराईले तीज महोत्सवका लागि ५ हजार १ सय रुपैयाँ दिने घोषणा गरे । नवनिर्वाचित अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव चेतनारायण पाण्डेले गरेका थिए ।






Post a Comment

 
Top