0
गोल्डेन न्यूज संवाददाता
नेपालका अंग्रेजी शिक्षकहरुको पेशागत साझा सँस्था नेल्टाको मासिक नियमित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पितृराज बाँस्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इङलीस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमका राष्ट्रिय संयोजक सगुन श्रेष्ठले शिक्षणमा सृजनशिलताको औचित्य र महत्वमाथि प्रकाश पार्दै एक्सप्लोरिङ्ग क्रियटिभिटी इन योङ्ग लर्नस एन एनाालाईसिस विदिन शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए । नेल्टा कास्की शाखाले प्रत्येक महिनाको पहिलो शनिबार अंग्रेजी भाषा शिक्षणमा प्रचलित तथा नयाँ प्रवृतिहरु विषयक अंग्रेजी शिक्षकहरु बीच विन्ध्यवासिनी मा. वि बरपाटन स्थीत नेल्टा कार्यालयमा अन्तरक्रिया गर्ने गरको नेल्टाका सदस्य उपेन्द्र पौडेलले बताए ।  शनिबार सम्पन्न १२औं श्रृङृखलामा गोपी अधिकारी, सुशिल अधिकारी, सजना गोदार, सरिता देवानले प्रस्तुत कार्यपत्र माथि जिज्ञासा तथा टिप्पणी प्रस्तुत गरेका थिए भने उठेका जिज्ञासाहरुको समाधान गर्दै कार्यपत्र प्रस्तोताले अंग्रेजी भाषा शिक्षणमा आइसीटीको प्रयोग आजको अपरिहार्यता भइसकेको बताए । कार्यक्रममा नेल्टा कास्कीका सल्लाहाकारद्वय रत्नमान गुरुङ्ग र श्रीमान गुरुङ्ग साथै नेल्टा केन्द्रका कोषध्यक्ष सरिता देवानले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । संस्थाका कोषाध्यक्ष मुकेश कुमार अधिकारीद्धारा स्वागत मन्तब्य प्रस्तुत गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष मिनु कुँवरले धन्यवाद मन्तब्य व्यक्त गरेकी थिइन भने सञ्चालन संस्थाका सचिव नबराज न्यौपानेले गरेका थिए । कार्यक्रम पश्चात स्ट्राटेजी फर बेटर इन्स्ट्रक्सन बिषयमा संस्थागत तथा सामुदायिक विद्यालयका २५ जना अग्रेंजी भाषा शिक्षकहरुलाई २ दिने तालिम समेत शुभारम्भ गरिएको थियो । उक्त तालिमलाई नेल्टा केन्द्रीय कोषध्यक्ष सरिता देवान र इङलीस एक्सेस माइक्रो स्कलरसिप कार्यक्रमका राष्ट्रिय संयोजक सगुन श्रेष्ठले सहजीकरण गर्नेछन ।





Post a Comment

 
Top