0
राष्ट्रिय शैक्षिक तथा सामािजक विकास संस्था नेष्डो नेपालको आर्थिक वर्ष २०७३÷७४ को वार्षिक कार्यक्रम तथा बजेट अभिमुखिकरण गोष्ठी शनिवारदेखि पोखरामा शुभारम्भ भएको छ। वार्षिक कार्यक्रमको बारेमा सबै शाखाहरु लाई जानकारी गराई  पूर्ण रुपमा वार्षिक लक्ष्य प्राप्ति गर्ने उद्धेश्यले सो गोष्ठी आयोजना गरिएको हो । गोष्ठीमा संस्थाको परिमार्जित नीति नियमको वारेमा समेत जानकारी गराइने छ । संस्थाले विगतमा कार्यान्वयन गर्दै आएका आधा दर्जन नियमावलीलाई एकिकृत गरी भाद्र १ गतेदेखि नेष्डो लघुवित्त सेवा सचांलन  एकिकृत नियमावली २०७३ कार्यान्वयनमा ल्याएको छ । जसमा थप गरिवमुखी सेवा र सेवा प्रवाह गर्ने प्रक्रियालाई सहज बनाइएको छ । कार्यक्रममा संस्थाका ५० वटा शाखाका प्रवन्धक एवंम प्रधान कार्यालयका व्यवस्थापकीय कर्मचारी गरी ६१ जनाको सहभागिता रहेको संस्थाका अधिकृत ओम्ना क्षेत्रीले जानकारी दिइन। गोष्ठीमा बोल्दै संस्थाका कार्यकारी प्रमुख विश्व प्रकाश प्रसाईले लघुवित्त क्षेत्रमा अवसर र चुनौती दुवै वृद्धि हुदैँ आएको बताउँदै चुनौतिलाई सामना गर्दै अति विपन्न परिवारमा प्रभावकारी रुपमा सेवा प्रवाहको लागि कर्मचारीको दक्षतामा वृद्धि गर्नुपर्ने बताउनुभयो । उनले वर्तमान सन्दर्भमा बोल्दै एकातिर सदस्यलाई थप सामाजिक सुरक्षा सेवाहरुमा वृद्धि गर्नुपर्ने, अर्कोतिर नेपाल राष्ट्र वैंकको नीतिले लघुवित्त संस्थाहरुलाई संचालन  खर्च धान्न समेत धौ पर्ने स्थिति देखिएकोले संस्थाहरुको कार्य सम्पादनमा प्रभावकारिता ल्याउनुपर्ने बताए । कार्यक्रममा प्रशासन प्रमुख सावित्री खत्री क्षेत्री,आन्तरिक लेखा परिक्षण प्रमुख वद्री प्रसाद मिश्र, सूचना व्यवस्थापन प्रमुख युधिष्ठिर भुषाल लगायतले बोलेका थिए । गोष्ठी संस्थाका मानव शंसाधान विभागका प्रमुख लक्ष्मी कुमारी मेद्यासीको अध्यक्षता,लघुवित्त प्रमुख विश्व वन्धु प्रसाईको स्वागत, सहायक प्रशासन अधिकृत ईन्द्र खत्री क्षेत्रीको संस्थागत प्रतिज्ञा एवं मानव विकास अधिकृत ईश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।









Post a Comment

 
Top