0
पोखरा–१० को दुचीटोलमा बिहीवार भएको भेलाले पिच निर्माण समिति गठन भएको छ । भेलाले किरण प्रसाद भट्टचनको अध्यक्षतामा पिच निर्माण समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा तोविलाल नेपाली, सचिवमा रिता खाँण, सहसचिव दलनारायण मानन्धर, कोषाध्यक्ष दिल बहादुर राना र सदस्यहरुमा धनकाजी गुरुङ, मनमाया नेपाली, केशरी मास्की, हिरामाया राना, तुल बहादुर पुन, टिका कुमारी राना, राम बहादुर खत्री, सु.तोरण बहादुर गुरुङ्ग, सुशीला के.सी., पहल सिंह थापा, अमृता मल्ल रहेका छन् । भेलाले पिच निर्माणको कार्य ठेकेदार सम्मर बहादुर श्रेष्ठलाई जिम्मा दिने समेत निर्णय गरेको छ । भेलामा प्रमुख अतिथि दुचीटोलका अग्रस समाजसेवी चिन कुमारी गुरुङ्गले पिच निर्माण गर्नका लागि उनकी छोरी र परिवारबाट समितिलाई नगद ५ लाख प्रदान गरेकोमा समितिका अध्यक्ष किरण प्रसाद भट्टचनले खादाले सम्मान गरेका थिए । कार्यक्रममा बोल्दै  गुरुङ्गले आवश्यकता अनुसार सहयोग गर्ने भन्दै सबै मिलेर पिच निर्माणको लागि सबैले खुलेर सहयोग गर्न आग्रह गरिन्् । दुचीटोल विकास समिति अध्यक्ष किरण प्रसाद भट्टचनको अध्यक्षतामा भएको भेलामा सचिव ढाकाराम पौडेल, कार्यक्रममा टोल विकास संस्था पोखरा १० का अध्यक्ष सम्मर बहादुर श्रेष्ठ, टाँडी नगरपालिकाका नगर प्रमुख काशिराम गैरे, पुन समाजका प्रतिनिधि नरबहादुर पुन,  कोषाध्यक्ष दिलबहादुर राना,, समितिका अध्यक्ष किरण प्रसाद भट्टचन लगायतले बोलेका थिए ।

Post a Comment

 
Top