0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ र लायन्स क्लव अफ पोखरा भैरवको संयुक्त आयोजना, नेपाल बाथरोग सेन्टर मुस्ताङ्चोक पोखराको प्राविधिक सहयोगमा सुगर, प्रेसर र युरिम्याष्ट्रिक रोगको स्वास्थ्य परीक्षण सम्पन्न भयो । वडा नं.११ का स्थानीयबासीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा ४० वर्षदेखि ९३ वर्षसम्मका बयोबृद्धहरु गरी १ सय ३५ जनाले परीक्षण गराएको संस्थाका सदस्य धर्मदत्त ढुङ्गानाले बताए । कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति बामदेव ढुङ्गानाले उपशाखा १०, ११ ले अन्य समुदाय संघ–संस्था र लायन्स क्लव अफ पोखरा भैरवसँग सहकार्य गरी मानवीय सेवाका कार्य गरेकोमा धन्यवाद दिए । उनले रेडक्रसमा केही नहुने र आवश्यक परे सबै हुने बताउँदै यस्ता मानवीय सेवाका कार्यहरुमा जिल्ला शाखा कास्कीले समेत सहयोग गर्ने बताए । कार्यक्रममा लायन्स क्लव अफ पोखरा भैरबका पूर्व अध्यक्ष नरेन्द्र कुमार श्रेष्ठ, खिलाङ समाजका अध्यक्ष गणेश गुरुङ्ग, नेशनल बाथरोग सेन्टरा डा.नरेन्द्र प्रसाद मैनाली, संचालक कृष्ण राज ढकाल लगायतले बोलेका थिए । उक्त अवसरमा डा.नरेन्द्र प्रसाद मैनालीले खानपानको कारणबाट यो रोग लाग्ने सम्भावना बढी हुने र समयमा नै उपचार गराएमा बाथरोगले लागेको रोगको असर सबै निको हुने भन्दै समय समयमा परामर्श लिई उपचार गराउनुपर्नेमा जोड दिए । कार्यक्रममा शिवशक्ति मार्ग टोल विकास संस्था पोखरा ११ का अध्यक्ष पुण्य प्रसाद पौडेलले स्वागत, कोषाध्यक्ष सीता तिमिल्सिनाले रेडक्रसका सात सिद्धान्त वाचन गरेकी थिइन ।  नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सभापति सम्मरबहादुर श्रेष्ठका सभापतित्व मा भएको कार्यक्रमको संचालन उपशाखाका सचिव सूर्यबहादुर बानियाले गरेका थिए ।




Post a Comment

 
Top