0
प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा कार्यरत मनहरि तिमिल्सिनालाई पितृ शोक परेको छ । तिमिल्सिनाका बुबा तेजराज पाध्याको मंगलबार ७३ वर्षको उमेरमा निधन भएको हो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मंगलबार विहान ९ः५० बजे तेजराजको निधन भएको थियो । उनको फोक्सो, मृगौला र मुटुमा समस्या थियो । तेजराजको मंगलबारनै रामघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा माओवादी केन्द्रका नेताले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए । पर्वतको राम्जा देउराली ७ मा पदमपाणी र कुशलादेवी पाध्याको कोखबाट विस २००० साल चैत १२ गते जन्मिएका तेजराजको ३ छोरा, १ छोरी र ६ नातिनातिना छन् । माओवादीको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका मनहरि तिमिल्सिना पहिल्लोक्रममा कास्कीमा रहेर बुद्धिजीवि फाँटमा काम गर्दै आएका थिए ।


Post a Comment

 
Top