0
गोल्डेन न्यूज संवाददाता
झण्डै डेढ दशकदेखि पोखरामा सुरु बोलबम जलयात्रा कार्यक्रम अन्तर्गत यस वर्षको जारी संस्करणमा गाउँ गाउँबाट भक्तजन केदारेश्वर मन्दिर दर्शनार्थ आएका छन् । साउनको तेस्रो सोमबार मन्दिर परिसरमा भक्तजनको घुइँचोले आयोजकलाई व्यवस्थापन मा हम्मे–हम्मे परेको थियो । केटाकेटी, युवायुती र वृद्धवृद्धा भगवान शिवको दर्शनका लागि हातमा जल बोकेर लामो समयदेखि पालो कुरेर बसेका थिए । पूजाआजामा सहज होस् भन्ने उद्देश्यले आयोजक केदारेश्वर महादेवमणि सेवाश्रम समितिले मन्दिरका चारैदिशाका ढोका बिहानैदेखि खुलाएको थियो । फेवाताल किनारको केदारेशवर मन्दिरमा बिहान साढे ३ बजेदेखि नै भक्तजन दर्शनका लागि आएको मन्दिरका पीठाधीश डा. लेखनाथ आचार्यले जानकारी दिए । मन्दिर अलावा सेती नदीको जल उठाउन बगरस्थित गाईघाटमा पनि भक्तजनको उस्तै घुइँचो थियो । अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्था मिलाइएको थियो । भजन संयोजक प्रजापति पराजुलीले भक्तजनलाई ¥यालीमा बोलबम भजनमा नचाउँदै गाईघाटबाट मन्दिर पु¥याएका थिए । सहरका विभिन्न ठाउँमा बोलबम भक्तहरुलाई सहजताका लागि पानी, सर्वत, दही, जुस दिएर सहयोग गर्नेहरु पनि बढेका छन् । चिप्लेढुंगा बजार व्यवस्थापन समिति, सिर्जनाचोक व्यवसायी समिति, सिर्जना सेकुवा, विश्वेश्वर शिव पंचायन, पृथ्वी होटल व्यवसायी समिति लगायतले चर्को गर्मीमा पैदल निस्केका भक्तहरुलाई उक्त सहयोग गरेको बोलबम संयोजक शंकर खरालले जानकारी दिए । मन्दिर परिसरमा पूजाआजापछि प्रसाद व्यवस्था थियो । बोलबम संयोजक खराल सहित रामजी बानियाँलगायतले प्रसाद खुवाएर सहयोग गरे । ब्रत बसेका भक्तजनलाई मन्दिरमा प्रसाद व्यवस्था हुँदा सहज हुने गरेको भक्तजन बताउँछन् । दिउँसो अबेरसम्म मन्दिरमा भक्तजन शिवलिंगमा जल चढाउनुका साथै भजनमा रमाएका थिए । भजन कीर्तनमा सिद्धेश्वर, देवीस्थान, पंचासे, आर्वा महाप्रभू भजन समूह, अन्नपूर्ण बाराही, बोलबम भजन, दैवीशक्ति खोज तथा उपचार केन्द्र, दैवीशक्ति ज्योतिष तान्त्रिक भजन समूह, एनबी व्यवसायी समितिलगायतले भजन गाएका थिए । बद्रीनाथबाट आएका श्री १००८ स्वामी खेचारु बाबाले भक्तजनलाई दर्शन दिए ।  यसैगरी साउन महिना भरि शिवको पूजा र आराधना गरिने प्रचलनलाई जीवन्त दिदै लेखनाथमा सोमवार विभिन्न ठाउँमा बोलवम यात्रा निकालिएको छ। बोलवमको यात्राले शान्ति पाउँछन साराले भन्दै भजन कीर्तन र नाच गानका साथ लोक संरक्षण समिति लेखनाथ र उज्ज्वल आमा समूह लेखनाथ ३ सक्नेरीको संयुक्त आयोजनामा तीन पिप्ले विजयपुर घाट जाऔं शुद्ध जल ल्याई शिद्धेश्वर महादेवलाई चढाऔं भन्दै वोलवम यात्रा निकालेको हो। शिद्धेश्वर महादेव मन्दिर सक्नेरीबाट निस्किएका भक्तजनहरुको टोली  विजयपुर खोलामा पुगी शुद्धा शुद्धि भई पानीका घडालाई टाउकोमा राखि भजनकीर्तन र नाचगान सहित पुनः मन्दिर परिसरमा आई जलाप्रण गरि बोलवम यात्रा गरिएको समितिका सचिव जगन्नाथ तिमिल्सिनाले जानकारी दिए। यसैगरि राधाकृष्ण बृद्धाश्रम लेखनाथ–१३, लामेआलबाट सुरु भएको बोलवम यात्रा सेतीनदी हुँदै  पुनः मन्दिर परिसरमा आई समापन गरिएको थियो ।  लेखनाथको बेगनासताल, शिशुबा र भण्डारढिकको शिबेश्वर मन्दिरमा पनि बोलवम यात्रा निकालिको बताइन्छ ।

Post a Comment

 
Top