0
गोल्डेन न्यूज संवाददाता
यू–१२ छात्रातर्फको प्रतिस्पर्धामा टप्स उच्चमाविका तीन खेलाडीले सेमिफाईनलमा आफनो स्थान सुरक्षित गरेका छन् । कास्की जिल्ला व्याडमिन्टन संघको आयोजनामा सञ्चालित इन्द्रबहादुर गुरुङस्मृति अन्तर विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन शनिबार टप्सका छात्रातर्फ तीन र छात्रतर्फ तीनले जित निकाल्दै सेमिफाईनलस्थान पक्का बनाएका हुन्। पोखरा रंगशालास्थित व्याडमिन्टन कर्भड हलमा भईरहेको प्रतियोगिता अन्तर्गत शनिबार छात्रा तर्फको प्रतिस्पर्धामा टप्सकी प्रजिता गुरुङले माउण्ट एभरेष्टकी सिम्रन क्षेत्रीलाई २१–२, २१–४ को सोझो सेटमा पराजित गरिन् । टप्सकै अलिशा बलालले प्रगति बोर्डिङकी निशा खड्कालाई २१–१४, २१–१६ को सेटमा जित निकालिन् ।  प्रगतिकी शितल केसीले माउण्ट एभरेष्टी सदिक्षा आचार्यलाई पराजित गरिन् । त्यस्तै टप्सकी समीक्षा गुरुङले प्रगति बोर्डिङकी विदाईका अधिकारीलाई २१–७ र २१–३ को सहजै जित निकाल्न सफल भईन् । छात्र तर्फको प्रतिस्पर्धामा कुमुदिनीका मिलन छन्त्यालले प्रगतिका रुपेश अधिकारीलाई १८–२१, २१–११ र २१–१६ को कठिन सेटमा जित निकाल्दै सेमिफाईनल सुरक्षित बनाए । प्रगतिका अलिभर गुरुङले सैनिक आवासीयका ग्रिभन थापालाई २१–१३,२१–५ को सेटमा पराजित गरे । माउण्ट एभरेष्टका निश्चल राईले सिदार्थ बोर्डिङका अंकित गुरुङलाई २१–१३, २१–११ को सेटमा हराए । आयुष कुँवर  (सैनिक) ले प्रशांक अधिकारी (प्रगति) लाई १३–२१, २२–२० र २१–१७ को सेटमा महत्वपूर्ण जित निकाले । यु–१६ छात्रा एकल प्रतिस्पर्धामा टप्सकै बर्चस्व रह्यो ।
 
आकृति गुरुङ (टप्स)ले सुष्मिता भित्र कोटीलाइ २१–७, २१–८, समीक्षा गुरुङ (टप्स) ले पिया शर्मा (माउण्ट एभरेष्ट) लाई २१–१५,२१–१८ को सेटमा पन्छाईन् । प्रजिता गुरुङ (टप्स) ले प्रेक्षा केसी (सिदार्थ बोर्डिङ)लाई २१–८, २१–११ को सेटमा र माउण्ट एभरेष्टी सुष्मा श्रेष्ठले टप्सकी एलिशा बराललाई २१–१द्द र २१–१६ को सेटमा पराजित गर्दै सेमिफाईनल प्रवेश गरिन् । छात्रतर्फको प्रतिस्पर्धामा भने प्रगति र सैनिक आवासीय विद्यालयका दुई–दुई खेलाडीले सेमिफाईनल समिकरण पुरा गरे । प्रगतिका विधान अधिकारीले सैनिकका सन्देश थापालाई २१–६, २१–९ को सेटमा हराए । सैनिकका सन्दीप भण्डारीले कुमुदिनी होम्सका धिरज श्रेष्ठलाई  १०–२१, २१–१८ र २१–१८ कै सेटमा पराजित गरेका थिए । ओम थापा (सैनिक) ले धिरेन विक (प्रगति) लाई २१–१०, २१–१४को सेटको नजिता निकाले । प्रगतिका सुलभ बस्नेतले सैनिकका विशाल कुमाललाई १३–२१, २१–७ र २१–११ को सेटमा पराजित गर्दै सेमिफाईनल पुगे ।  छात्रा डबल्स तर्फको प्रतिस्पर्धामा टप्सले एसओएसलाई, माउण्ट एभरेष्टले प्रगति बोर्डिङलाई, माउण्ट एभरेष्टले टप्स उच्चमाविलाई र प्रगति बोर्डिङले माउण्ट एभरेष्ट स्कुललाई पराजित गरेको थियो । छात्र तर्फको सोही इभेण्टमा प्रगतिले आप्mनै विद्यालयका खेलाडीलाई पराजित गर्दै सेमिफार्इंनल पुग्दा दोस्रो खेलमा सैनिकले प्रगतिलाई, सैनिकले कुमुदिनी होम्सलाई र प्रगतिले सैनिक आवासीय विद्यालयलाई पराजित गरेको थियो ।







Post a Comment

 
Top