भ्रमणमा संस्थाका अध्यक्ष यामनाथ तिमिल्सिना, निवर्तमान अध्यक्ष प्रेम भुजेल, पूर्व अध्यक्ष जनकराज पराजुली, महासचिव नविन नापित, कोषाध्यक्ष जीवनप्रकाश श्रेष्ठ, सदस्य रामेश्वर अधिकारी, लेखनाथ पौडेल, अनिल सिग्देलका साथै साधारण सदस्यहरु चोकबहादुर गुरुङ, गोकुल श्रेष्ठ, भरत श्रेष्ठ, पोषराज पौडेल, कृष्ण तिमिल्सिना, विष्णु पौडेल, बाबुराम क्षेत्री, सुनिल क्षेत्री, हरिप्रसाद बराल, विक्रम खिचाजू, गजेन्द्र श्रेष्ठ, सूर्यकुमार राजभण्डारी लगायत सहभागी थिए ।
भ्रमण पूरा गरेर पोखरा फर्किएपछि संस्थाका अध्यक्ष यामनाथ तिमिल्सिनाले आफूहरुको भ्रमण महत्वपूर्ण, ऐतिहासिक र अविष्मरणीय रहेको बताए । उनले भ्रमणले व्यवसायीहरुबीच आत्मीयता बढाउन पनि ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
यसैगरी संस्थाका निवर्तमान अध्यक्ष प्रेम भुजेलले संस्थाले चीन भ्रमणको आयोजना गरेर रचनात्मक एवं महत्वपूर्ण काम गरेको बताए । उनले यस्ता भ्रमणलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिए । संस्थाका कार्यसमिति सदस्य रामेश्वर अधिकारीले चीन भ्रमण अत्यन्तै फलदायी भएको भन्दै अध्ययन, अवलोकन र व्यवसायिक कामका लागि भ्रमण अत्यन्तै महत्वपूर्ण भएको बताए ।
Post a Comment