0
गोल्डेन न्यूज संवाददाता
नाटक ‘मौसम हराएको देश’ बिहीबार पोखरामा मञ्चन भएको छ । नाटक हेर्न पुगेका दर्शकले पोखरा उद्योग वाणिज्य संघको हल खचाखच भरिएको थियो । पोखरामा छुट्टै नाटकघर नभएको कारणले नाट्यप्रेमीको नाटक हेर्ने चाहनालाई पञ्चामृत नाट्य समूहले पुरा गरेकोमा उनीहरु खुशी देखिन्थे । नाटक हेरिसकेपछि उनीहरुले समूहको यो प्रयासलाई खुलेरै प्रशंसा गरे । यसरी आएको प्रतिक्रियाले आयोजक उत्साहित भएका छन् । नाटकको मञ्चन भाद्र १० गते शुक्रबार र ११ गते शनिबार पनि पोखरा उद्योग वाणिज्य संघको हलमा मञ्चन हुनेछ । शुक्रबार र शनिबारको मञ्चन कार्यक्रममा पनि दर्शकको साथ पाउनेमा आयोजक विश्वस्त छन् । नाटकको मञ्चन दुवै दिन दिउँसो ३ बजेबाट हुनेछ । कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, निलम तामाङ, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेश बाबु तिमिल्सिना, केशव क्षेत्री, प्रेम केसी, उज्वल रेग्मी, आकाश दाहाल र अर्जुन रेग्मीको अभिनय गरेका छन् । नाटकका अधिकांश कलाकार संचारमाध्यममा समेत आवद्ध छन् । नाटकमा संगीत संयोजनको जिम्मा रोम तामाङलाई दिइएको छ । नाटकको सूत्रधार गोविन्द सिञ्जाली मगर हुन् भने सह–निर्देशन विष्णु प्रसाद गौतम, प्रकाश राकेश जंग पन्थि, संयोजन परिवर्तन, प्रबन्धक विवश बाबु, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषीले पाएका छन् । नाटककार उदासीको यो १०४ आंै नाटक हो । यस अगाडि उदासीले १०३ नाटकमा विभिन्न जिम्मेवारी लिएर काम गरिसकेका छन् । नाटकको शुरुवात भुकम्पको परिवेशबाट हुन्छ । भूकम्प पछाडिको पुनस्र्थापित बस्तीबाट नाटक अगाडि बढ्छ । प्रकृति, प्रेम र जीवन संर्घष नाटकमा देखाइएको नाटककार उदासीले बताए । उनले भने–‘मानिसलाई मानिसबाटै मात्र नभई प्रकृतिबाट हुने घात–प्रतिघातलाई समेतलाई देखाउन खोजका छौँ ।’ विभिन्न कारुणिक दृश्यको अलावा हाँस्य सामाग्री मार्फत समेत दर्शकले मनोरञ्जन लिएका थिए ।  पञ्चामृत नाट्य समूहको दोस्रोे प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिएको र पहिलो दिनको दर्शक सहभागिता र प्रतिक्रियाले  आफूहरु उत्साहित भएको संयोजक परिवर्तनले बताए ।  पञ्चामृत समूहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । नाटक घर निर्माणका लागि जग्गा खोज्ने काम अगाडि बढेको अध्यक्ष परिवर्तनको भनाइ छ  । एकपछि अर्को गर्दे नाटक मञ्चन गर्ने समुहको योजना छ । नाटक मौसम हराएको देश मञ्चन पश्चात आगामी मंसिरमा अर्को नाटक मञ्चन गर्ने तयारी समूहले बनाएको छ । केहि समय पश्चात यो समूहले  सडक नाटक समेत देखाउने बताइन्छ ।





Post a Comment

 
Top