0
सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरको आयोजना तथा एस.टी. क्रियशनको ब्यबस्थापनमा पहिलो पटक भइरहेको फरक शैलीको सुन्दरी प्रतियोगिता मिस एण्ड मिसेस फिटनेस २०१६ को सेल्फ ट्यालेन्ट राउन्ड शनिबार पोखरामा सम्पन्न भएको छ । प्रतियोगीताका १२ जना प्रर्तिस्पर्धीले शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा नृत्य, गायन, हास्य प्रहशन र बौद्धिक कला जस्ता प्रस्तुतीहरु प्रर्दशन गरेका थिए । प्रतियोगिताको सेल्फ ट्यालेन्ट राउण्ड कार्यक्रममा निर्णायकहरुमा नृत्य निर्देशक तथा पोखरा कला केन्द्रका संञ्चालक राहुल थापामगर, मोडल, कोरियोग्राफर तथा मिस मगर २०१२ की फस्ट रनरअप अनिता थापा र जुम्बा प्रशिक्षक तथा मोडल समिर गुरुङ निर्णायकको रुपमा रहेका थिए । आगामी भदौ २४ गते शुक्रबारको दिन पोखरा सभागृह हलमा बिबिध साँगीतिक कार्यक्रमको साथमा प्रतियोगिताको अन्तिम प्रर्तिस्पर्धा हुदैछ ।
 
स्वस्थ्य र तन्दुरुस्त हुनुनै सुन्दर हुनुहो भन्ने नारालाई आत्मसाथ गर्दै मोटोपन भएका महिलाहरुले पनि सहभागी भई आफ्नो प्रतिभा प्रस्फुटन गर्न पाउने अवसर प्रदान गराई महिला तथा युवा पुस्ताहरुको आफ्नो हक, अधिकार र कर्तब्यको बिषयमा नयाँ पुस्तालाई जानकारी गराई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको आयोजक सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरकी संञ्चालक तथा जुम्बा प्रशिक्षक रितु गुरुङले जानकारी दिइन । ड्रेस डिजाइनर सुशी गुरुङको कलात्मक डिजाइनमा सजिएका प्रतियोगी मध्येबाट मिस एण्ड मिसेस फिटनेस २०१६ की उपाधि विजेताले क्राउन सहित ५० हजार रुपैयाँ बराबरको आकर्षक पुरस्कार पाउनेछिन त्यस्तै फस्ट रनर अपले २५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कार र सेकेण्ड रनर अपले १५ हजार रुपैयाँ बराबरको आर्कशक पुरस्कारको साथै अवार्ड प्रमाण पत्र आदी पाउनेछन् भने अन्य उपविद्यामा विभिन्न किसिमका गिफ्ट ह्याम्परहरु प्रदान गरिनेछ ।






Post a Comment

 
Top