0
गोल्डेन न्यूज संवाददाता
कास्कीको भदौरेतामागी गाउँ विकास समितिको आर्थिक वर्ष २०७२÷०७३ को सार्वजनिक सुनुवाई गाविस कार्यालयमा भएको छ । गाँउ विकास समितिले प्रदान गरेको सेवा प्रवाहको अवस्था, योजना छनौट, कार्यान्वयन र वजेट खर्च तथा उपभोक्ता समितिहरुले गरेका कार्यहरुको वारेमा सेवाग्राही नागरिकहरुसंग सार्वजनिक सुनुवाई गरिएको हो ।  नौलो घुम्ती, नेपालको सहकजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा गाविस सचिव शेरवहादुर कुँवरले गाविसमा आर्थिक वर्ष २०७२÷०७३ मा सम्पन्न भएका विभिन्न कार्यक्रम तथा आयोजनाहरुको समग्र प्रगति तथा सेवाको गुणस्तरका वारेमा सेवाग्राही नागरिकलाई जानकारी गराएका थिए । कार्यक्रममा स्थानीय सेवाग्राही नागरिकहरुले योजनाहरुको प्रभावकारी अनुगमन नभएको गुनासो गरका छन् । भदौरे ६ कुद्वीडाँडाका धनवहादुर गुरुङले भन्नुभयो,–मेरै वडामा सडक र गोरेटो वाटो मर्मत कार्य गरियो, काम पनि राम्रै भएको छ, गाविसमा रहेको अनुगमन समिति कहिल्यैपनि हेर्न आएन । अर्का सेवाग्राही भदौरे १ का चित्रवहादुर गुरुङले सानो योजना संचलान गर्नुपर्ने र त्यतिको लागि पनि वैंक खाता अनिवार्य खोल्नुपर्ने नियमले आफूहरुलाई झन्झट भएको गुनासो गरे । पूर्व गाविस उपाध्यक्ष हरिभक्त पौडेलले गाविसमा विभिन्न गैससहरु आएको तर उनीहरुको काम पारदर्शी र जवाफदेही नभएको हुँदा गाविसले विशेष ध्यान दिन सुझाव दिए । भदौरे क्लवका पूर्वअध्यक्ष आईन्दल गुरुङले लक्षित समुदायको सामाजिक विकासमा लागि खर्च गरिएको रकम उपलव्धिमूलक वन्न नसकेको बताए । उनले समयमा उपभोक्ता समिति गठन नहुने तथा राजनीतिक दलका नेताहरु नै नियम विपरित उपभोक्ता समितिमा वस्न खोज्नुले पारदर्शिता नभएको वुझ्न सकिने दावी गरे । श्रीराम भण्डारीेले गाविसमा कृषिका लागि आएको रकम थोरै भएको र गाविसले किसानका लागि हित हुने कार्यक्रम, योजना र वजेट नल्याएको गुनासो गरे ।  गाविस सचिव शेरवहादुर कुँवरले सवै योजना तथा आयोजनामा स्थलगत अनुगमन गर्ने व्यवस्था मिलाईएको र त्यस्ता समितिले काम गरिरहेको जानकारी दिए। उनले आगामी आ.व.मा अनुगमन कार्यलाई अझै प्रभावकारी वनाईने प्रतिवद्धता जनाए । लक्षित वर्गहरुको रकम उनीहरुको संजाल मार्फत वितरण गरिएको र त्यस्ता कार्यक्रमहरुको रकम सकिएपछि मात्रै भुक्तानी दिईएको सचिव कुँवरले बताए। वजेट थोरै छ, सवैका माग धेरै छन्, पुरा गर्न सकिदैन, तैपनि आफुहरुले नागरिकको प्राथमिकताका आधारमा योजना छनौट र कार्यान्वयन गरिएको वताउनुभयो । गाविसमा हुने सवै क्रियाकलापहरु पारदर्शी र जवाफदेही वनाउने सचिव कुँवरले प्रतिवद्धता जनाए । सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली कांग्रेस भदौरे तामागीका सभापति रामकाजी गुरुङ, एमाले अध्यक्ष चेतवहादुर क्षेत्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रेमराज भण्डारी, समाजसेवी लक्ष्मीप्रसाद भण्डारी, पदमवहादुर गुरुङ, भक्तवहादुर गुरुङ, आशवहादुर सुनार, राजप्रसाद भण्डारी, वावुराम पौडेल लगायतले गाविसको वर्तमान सेवाप्रवाहका वारेमा आफ्नो गुनासो तथा सुझाव राखेका थिए ।




Post a Comment

 
Top