0
गोल्डेन न्यूज संवाददाता
लुम्ले गाँउ विकास समितिको बार्षिक समिक्षा गोष्ठी तथा सार्वजनिक सुनुवाई कार्यक्रम  सम्पन्न भएको छ । कार्यक्रममा आ.व २०७२÷०७३ को आम्दानी तथा खर्च सार्वजानिक गरिनुका साथै सो बर्षका विकासे योजनाहरुमा समिक्षा गरिएको थियो । गाविसमा १ करोड ३ लाख ११ हजार ३ सय ६३ रुपैयाँ कुल बार्षिक आम्दानी भएकोमा कुल चालु तर्फको खर्च ६४ लाख ४४ हजार ७ सय २४ रुपैया , कुल पुजीगत तर्फको खर्च ३८ लाख २३ हजार ६ सय ९ रुपैयाँ भएको छ भने ४३ हजार ३० रुपैया मौज्दात रहेको छ । त्यसैगरी सामाजिक सुरक्षा भत्ता तथा कुल निकासा रकम  ५६ लाख ३४ हजार ४ सय रहेकोमा ५२ लाख ६० हजार २ सय वितरण गरिएको छ जसमा ४ लाख ७४ हजार २ सय रुपैयाँ जिविसमा फिर्ता गरिएको छ । गाविसमा पेश गरिएका कुल २६० योजना मध्ये ११६ वटा योजना मात्र फछ्र्योट भएको छ भने बाँकी योजनाका रकम फिज्र भएको छ । गाविसमा फछ्र्योट भएका योजना मध्ये बढी मात्रामा  ग्रामीण सडक विस्तार तथा खानेपानीको योजनाहरु रहेका थिए । कार्यक्रममा सहभागी गाविस बासीहरुले गाँउ विकास समितिको कार्यसम्पादन  गाँउ विकास समिति बाटै हुनुपर्ने, गाविस बाट उपलब्ध हुने सेवा सुविधाको बारेमा सबैलाई थाहा नभएको , नागरिक वडा पत्र नराखिएको, सामाजिक सुरक्षा भत्ता पाउनेहरुको सार्वजानिकीकरण नभएको, गाँउ शिक्षा समिति सक्रिय नभएको लगायतका गुनासाहरु राखेका थिए । जवाफमा गाविस सचिव तोयानाथ तिमिल्सिनाले नागरिक वडा पत्र भएको र सो को सुरक्षा नभएको हुदाँ गाविस परिसर भित्र राख्न बाध्य भएको, सामाजिक सुरक्षा भत्ताको विवरण कम्प्युटर पेपरमा उतारेर सार्वजानिक गरेको र अव छिट्टै नै डिजिटल व्यानरमा उल्लेख गरी सार्वजानिक गरिने र सुधार गर्नुपर्ने गुनासाहरु आगामी दिनमा सुधार हुने बताए । गाविसबासी ७२ बर्षीय खड्ग बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस गाँउ इकाई सभापति केदारनाथ देवकोटा,  नेकपा एमाले गाँउ पार्टी अध्यक्ष  भक्तिराम देवकोटा, नेकपा माओवादी गाँउ पार्टी अध्यक्ष लक्ष्मण देवकोटा, राप्रपा नेपाल गाँउ इकाई कमिटीका अध्यक्ष चन्द्र प्रसाद देवकोटा, राप्रपा गाँउ ईकाई अध्यक्ष  ऋषिराम देवकोटा, संरक्षण क्षेत्र व्यवस्थापन समिति सदस्य नीलकण्ठ चापागाई, महिला स्वास्थ स्वयंसेविका लक्ष्मी गुरुङ, पत्रकार श्रीभद्र पौडेल, युवा आवाज नेपालका अध्यक्ष नवराज भण्डारी, सिद्द नि.मा.वि प्र.अ टंक देवकोटा, वडा नं २ निवासी धन बहादुर वि.क लगायतले बालेका थिए भने सहजीकरण पत्रकार रामचन्द्र बरालले गरेका थिए ।

Post a Comment

 
Top