0
गोल्डेन न्यूज संवाददाता
वर्षा संगै आएको पहिरो र धमिलो पानीका कारण पर्यटकीय शहर पोखराको मुख्य केन्द्रविन्दुका रुपमा परिचित फेवाताल यतिवेला कुरुप बनेको छ । अघिल्लो वर्षको साउन १३ गते आएको बाढी पहिरोका कारण फेवाताल कुरुप बनेको थियो भने । यस वर्ष पनि खहरे खोलामा आएको बाढीले फेवातालले रङ नै फेरेको छ । आकासको रङ जस्तै गरेर फेरिने फेवातालमा यति बेला भने धमिलो बनेको छ । वर्षा संगै फेवातालको सिरानमा पर्ने हर्पन खोला र खहरे खोलाबाट आएको वाढीका कारण फेवाताल कुरुप बन्दै गएपछि फेवातालमा आफ्नो रोजीरोटीका लागि डुङगा संचालन गर्दै आइरहेका डुङगा ब्यवसायीहरु चिन्तित बनेका छन् । फेवाताललाई वर्षै पिच्छे बाढी पहिरो र जलकुम्भीका कारण स्वच्छ र निर्मल फेवाताल कुरुप बन्ने गरेको छ । फेवातालमा डुङगा शयर गर्नकै लागि यहा देशी तथा विदेशी पर्यटकहरुको घुइँचो लाग्ने गर्दछ । वर्षा याम संगै आएको वाढी पहिरो र जलकुम्भीका कारण यतिवेला फेवाताल कुरुप त देखिएको कोनै छ तर वर्षै पिच्छे आउने बाढीका कारण फेवाताल पुरिंदै गएको छ । सम्बन्धित निकायले यसको संरक्षण तर्फ नलाग्ने हो भने फेवाताल कुनै दिन मैदानमा परिणत हुन सक्छ त्यसैले यसको संरक्षणका लागि सवैले ध्यान दिनु जरुरी रहेको व्यवसायीहरु बताउछन् । पोखराको पहिलो आकर्षण भनेको फेवाताल हो । जहाँ डुंगामा सयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाइन्छ । माछापुच्छ«े हिमालको प्रतिविम्ब तालमै पौडी खेलेको देख्न सकिन्छ । त्यसमाथि तालको बीचमा रहेको तालबाराही मन्दिर पनि पर्यटकका लागि पहिलो गन्तव्य बन्दै आएको छ । डुङ्गामा बसेर फेवाको फन्को नलगाएसम्म पोखरा आएको सार्थकता हुँदैन । डुङ्गा चढेर तालवराही मन्दिर जानु जति बाध्यता हो, त्योभन्दा बढी त्यसले दिने आनन्द हो । त्यसैले वर्षै पिच्छे खुम्चीदै गएको फेवातालको संरक्षण गर्नु आवश्यक छ ।








Post a Comment

 
Top