0
शिव गुरुङ (माया) को अध्यक्षतामा संगम क्लवको नयाँ कार्यसमिति चयन भएको छ । पोखरा १३, संगमटोलमा रहेको उक्त क्लवको शनिबार सम्पन्न भएको तेश्रो अधिवेशनले सर्वसम्वत रुपमा गुरुङको अध्यक्षतामा ३ बर्षे कार्यकालको लागि नयाँ कार्यसमिति चयन गरेको हो । त्यसैगरी प्रथम उपाध्यक्षमा राजु गुरुङ, द्वितीय उपाध्यक्षमा कृष्ण तामाङ, तृतीय उपाध्यक्षमा रोशन गुरुङ, सचिवमा शिव नेपाली, सह–सचिवमा सुवास गुरुङ, कोषाध्यक्ष बुद्धि परियार, सह–कोषाध्यक्षमा प्रजापति गुरुङ रहेका छन । क्लवको सदस्यहरुमा जुनु गुरुङ, ज्ञानु गुरुङ, अमृत गुरुङ, तारा गुरुङ, नरेस गुरुङ, सुरेश गुरुङ, रक्की गुरुङ, आसिस गुरुङ, कर्ण गुरुङ र खेमराज गुरुङ रहेका छन । यसअघि कार्यक्रमको उद्घाटन गर्दै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपाध्यक्ष सुनिल गुरुङले क्लवले फुटवल खेलको विकासमा विभिन्न प्रतियोगिताहरु संचालन गर्दै आएकोले त्यस प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे । उनले भने–“पोखरामा खेलकुदको धेरै सम्भावना छ, तपाईहरुले कुनै प्रतियोगिता आयोजना गर्नुहोस अवश्य धेरै क्षेत्रबाट साथ र सहयोग मिल्छ, हाम्रो तर्फबाट समेत सहयोग हुने छ ।” मणिप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संगम टोल विकास संस्थाका अध्यक्ष एक बहादुर गुरुङ, सचिव धर्मराज पौडेल, सल्लाहकार धनराज गुरुङ, द्वितीय उपाध्यक्ष राजु गुरुङ लगायतले खेलकुदको बारेमा चर्चा गरेका थिए । क्लवको हरेक बर्ष सेभेन ए साईड फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ ।








Post a Comment

 
Top