0
गोल्डेन न्यूज संवाददाता
निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन कास्कीको नवनिर्वाचित कार्यसमितिको प्रथम बैठक सम्पन्न भएको छ । कार्यसमिति अध्यक्ष भरतप्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले सहिद झपेन्द्र कार्की, मनोज जोशी, ऋषि परियारलगायतलाई अविलम्ब राष्ट्रिय सहिद घोषणा गर्न सरकारसँग जोडदार माग गर्ने, पेसागत हकहितको साथै सार्वजनिक प्रशासनमा सुशासन कायम गर्दै सेवाग्राहीमैत्री रुपमा आधिकारिक टे«ड युनियनलाई अगाडि बढाउन केन्द्रीय कार्यसमिति एवं सरोकारवालासँग समन्वय गर्दै “जनतासँग आधिकारिक टे«ड युनियन कास्की अभियान” लगायतका कार्यक्रम अगाडि बढाउने निर्णय गरेको छ । बैठकले जेठ १९ को मिति तय गरी निजामती क्षेत्रको ऐतिहासिक पहिलो आधिकारिक टे«ड युनियनको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकोमा सरकारप्रति धन्यवाद दिँदै जिल्लामा आधिकारिक टे«ड युनियनको निर्वाचनमा सहभागी जिल्लास्थित सबै ट्रेड युनियन, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मी लगायत सम्पूर्णमा आभार व्यक्त गरेको छ । बैठकमा कास्की जिल्लास्थित क्रियाशील टे«ड युनियनहरु नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन (संघ), नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का जिल्ला र केन्द्रका वर्तमान र पूर्व पदाधिकारी अनिलकुमार शाही, लिलबहादुर घर्ती, चूडाबहादुर जिसी, शोभाकान्त न्यौपाने, तेजनारायण अधिकारी, अशोक खनाल, डार्विन लम्साल, रामप्रसाद तिमिल्सिना, जुनुमाया क्षत्री, चित्रा ढकाल, चन्द्रकान्त तिमिल्सिना, चूडामणि पहारी, लोकनाथ काफ्ले, निर्मल खत्री, ऋषिराम लामिछाने, सूर्यप्रसाद बराल, रामजीप्रसाद कोइराला, बैकुण्ठनाथ आचार्य, आत्माराम पौडेल, खड्ग बिसी, रामचन्द्र ढुंगाना, सुरेशकुमार श्रेष्ठलगायतले निजामती प्रशासनलाई अझ बढी उत्तरदायी एवं जनमैत्री एवं सुशासन प्रबद्र्धनमा सक्रिय एवं थप व्यावसायिकता दिँदै सिंगो कर्मचारीको शिर उचो बनाउने दिशामा अगाडि बढ्न महत्वपूर्ण सुझाव दिए । बैठकमा स्वागत उपाध्यक्ष महेशकुमार सिग्देलले र संचालन सचिव विष्णुदेवी पोखरेलले गरेकी थिइन् । निर्वाचनपछि भरतप्रसाद भुसालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको छ । जसको कार्यकाल ४ वर्ष हुनेछ ।

Post a Comment

 
Top