0
कास्कीकोटमा भरपर्दो ढङ्गले बर्थिङ सेन्टर संचालन हुन नसक्दा सेवाग्राहीहरु समस्यामा परेका छन्। भवन अभावमा बर्थिङ सेन्टर संचालन हुन नसकेको बताइन्छ । विदेशी संस्थाले निर्माण गरिदिएको बर्थिङ सेन्टर जनजागरण महिला बहुउद्देश्यीय सहकारी भवनमा संचालित छ ।  सहकारलाई मासिक भाडा दिन नपरे पनि आवश्यकता अनुरुप कोठा नहँुदा प्रसुति लगायतका गोप्य सेवाहरु प्रदान समस्या भएको स्वास्थ्य चौकी इञ्चार्ज कलाधर भण्डारीले बताए । बर्थिङ सेन्टर र ल्याब सेवा सञ्चालन गर्न आफ्नै भवन निर्माण गर्नुपर्नेमा उनले जोड दिए । त्यहाँका स्थानीयहरुहरुले पनि भरपर्दो ढङ्गले वर्थिङ सेन्टर लगायतका सेवाहरु संचालन नहुँदा समस्या भएको गुनासो गरेका छन् ।  सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले आयोजना गरेको सामाजिक परीक्षणका अवसरमा उनीहरुले यस्तो गुनासो गरेका हुन् । कार्यक्रममा नेकपा एमाले गाउँ कमिटी अध्यक्ष मन त्रिपाठीले ३ रोपनी जग्गा स्वास्थ्य संस्थाको नाउँमा दर्ता भैसकेको भन्दै सरकारी नियम फेरिएको र हाल ५ रोपनी क्षेत्रफल आवश्यक पर्ने भएकाले स्वास्थ्यचौकी भवनको निर्माण कार्य अघि बढ्न नसकेको स्पष्ट पारे । स्वास्थ्यचौकी ब्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद अधिकारीले भवन निर्माणको कार्य अघि बढाउन राजनीतिक प्रतिवद्धता आवश्यक हुने भएकाले राजनीतिक पार्टीहरु उदासिन भइदिंदा समस्या भएको बताए ।  सामाजिक परीक्षक विष्णु अधिकारीले स्वास्थ्य सेवा सुधारमा स्थानीयहरु नै सक्रिय हुनुपर्नेमा जोड दिए । पत्रकार श्यामनाथ कुँवरले स्थानीय समुदायले चासो दिएमा स्वास्थ्य चौकीमा आधारभूत स्वास्थ्य सेवाको गुणस्तर तथा थप सेवाहरु  संचालन गर्न स्पष्ट पारे । उक्त अवसरमा नेकपा माओवादी केन्द्रका राजेन्द्र पौडेल, पूर्व शिक्षक धर्म गिरी, महिला स्वास्थ्य स्वयंसेविका सुनकुमारी भुजेल लागायतले बेलेका थिए ।


Post a Comment

 
Top